Nepal Buddhist Tamang Development Committee

Nepal Buddhist Tamang Development Committee

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Buddhist Tamang Development Committee, Social service, Gokarneswor Municipality, Ward-04, Makalbari, Kathmandu.

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति वि.सं. २०५७ सालमा स्थापना भएको एक गैर-नाफामूलक सेवामूखी सामाजिक संस्था हो जसले मूलत तामाङ जातिको मौलिक पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्दै समुदायको आर्थिक र सामाजिक विकासको लागि काम गर्दछ।

Photos from Nepal Buddhist Tamang Development Committee's post 10/06/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏

नेपाल बुद्धिस्ट तामाङ सुधार समितिको आयोजनामा मिति २०८३ जेठ २४ गतेदेखि २७ गतेसम्म सम्पन्न भएको पवित्र न्युङ्ने व्रत तथा धर्मदेशना कार्यक्रम सफल, सभ्य तथा भव्य रूपमा सम्पन्न भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।

विशेष रूपमा कार्यक्रमका धार्मिक तथा लामा विभाग संयोजक श्री पेसोल वाइबा लामा ज्यू, धर्मदेशना प्रदान गर्नुहुने Khenpo Pasang Gyalchen गुरुज्यू, सम्पूर्ण न्युङ्ने व्रतालु भक्तजन, संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू, कार्यसमिति तथा सञ्चालक समितिका पदाधिकारीहरू, स्वयंसेवकहरू, साथै आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दातामहानुभावहरूप्रति विशेष आभार व्यक्त गर्दछौं।

साथै, यसै अवसरमा हाम्रो तामाङ समुदायका गौरव, विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्न सफल Birman Tamang Ghlan तथा Sunil Tamang Ghlan लाई सम्मान गर्न पाएकोमा हामी अत्यन्त हर्षित तथा गौरवान्वित भएका छौं। उहाँहरूको यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण तामाङ समुदायलाई प्रेरणा, उत्साह र गौरव प्रदान गरेको छ।

यहाँहरू सबैको अमूल्य सहयोग, सद्भाव, समर्पण र सक्रिय सहभागिताका कारण कार्यक्रम अत्यन्त व्यवस्थित, भव्य तथा सफलतापूर्वक सम्पन्न हुन सकेको हो। धर्म, संस्कृति, शिक्षा र समाजप्रतिको यहाँहरूको योगदानप्रति नेपाल बुद्धिस्ट तामाङ सुधार समिति हार्दिक सम्मान व्यक्त गर्दछ।

यस पुण्य कार्यबाट प्राप्त पुण्यफल सम्पूर्ण प्राणी जगतको सुख, शान्ति, समृद्धि तथा कल्याणका लागि समर्पित होस् भन्ने मंगलकामना गर्दछौं।

सबैको साथ, सहयोग र सद्भावप्रति पुनः हार्दिक धन्यवाद।

🙏 सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । 🙏

नेपाल बुद्धिस्ट तामाङ सुधार समिति
गोकर्णेश्वर–४, माकलबारी, काठमाडौं ।

10/06/2026
09/06/2026

!!! हार्दिक निमन्त्रणा !!!

भोलि मिति २०८३ जेष्ठ २७ गते बुधबार न्युङने कार्यक्रमको अन्तिम दिन श्रध्देय धर्मगुरु खेन्पो पासाङ ग्याल्छेन ज्यूद्वारा वाङ प्रदान गर्नुहुने भएकोले सम्पूर्ण सदस्यज्यूहरु तथा धर्मप्रेमी महानुभावहरुमा वाङ तथा छोक ग्रहण गरिदिनुहुन उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं।

कार्यक्रम: न्युङने कार्यक्रम समापन तथा वाङ
मिति/समय: २०८३ जेष्ठ २७ गते बुधबार/बिहान १० बजे
स्थान: नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको गुम्बा भवन, माकलबारी।

09/06/2026

न्युङने कार्यक्रमको तेस्रो तथा महत्वपूर्ण दिन व्रतालु भक्तजनहरु कुक्पा (मौनव्रत) अभ्यास गर्नुहुदै

08/06/2026

न्युङने कार्यक्रमको दोस्रो दिन व्रतालु भक्तजनहरुद्वारा सोच्योङ अभ्यास तथा श्रद्धेय धर्मगुरु खेन्पो श्री पासाङ ग्याल्छेन ज्यूबाट धर्म-देशना प्रवचन श्रवण गर्नुहुदै

08/06/2026

श्रद्धेय धर्मगुरु खेन्पो श्री पासाङ ग्याल्छेन ज्यूद्वारा न्युङनेको वाङ प्रदान गर्नुहुदै

08/06/2026

श्रद्धेय धर्मगुरु खेन्पो श्री पासाङ ग्याल्छेन ज्यूद्वारा न्युङनेको महत्त्वबारे प्रवचन दिनुहुदै

Photos from Nepal Buddhist Tamang Development Committee's post 08/06/2026

न्युङने कार्यक्रमको पहिलो दिन श्रद्धेय धर्मगुरु खेन्पो श्री पासाङ ग्याल्छेन ज्यूद्वारा न्युङनेको महत्वबारे प्रवचन तथा न्युङने व्रतालु भक्तजनहरुलाई वाङ प्रदान गर्नुभयो ।

05/06/2026

सागादावाको पुण्य अवसरमा न्युङने व्रतमा सहभागी हुन इच्छूक महानुभावहरुलाई अब केही सिट मात्र बाकी रहेकोले भोलि बेलुका सम्म नाम दर्ता गरिदिनुहुन अनुरोध गर्दछौं । साथै कार्यक्रममा स्वयंसेवकको रुपमा सेवा गरि पुण्यलाभ गर्न सकिने भएकोले इच्छूक महानुभावहरुलाई कार्यक्रम अवधिभर आफुलाई पायक पर्ने समयमा गुम्बामा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Photos from Nepal Buddhist Tamang Development Committee's post 04/06/2026

विशेष धन्यवाद तथा जानकारी

नेपाल बुद्धिस्ट तामाङ सुधार समितिद्वारा आयोजना हुन लागेको जेष्ठ २४ गतेदेखि २७ गतेसम्मको न्युङ्ने ब्रत कार्यक्रम सफल बनाउन करिब १२० जना दाता तथा सहयोगी महानुभावहरूबाट प्राप्त आर्थिक सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

साथै, यस पुण्य कार्यमा रु. ५,००० वा सोभन्दा बढी आर्थिक सहयोग प्रदान गर्नुहुने दाता महानुभावहरूलाई आगामी विशेष कार्यक्रममा प्रशंसापत्र/सम्मानपत्र सहित सम्मान गरिने जानकारी गराइन्छ।

यहाँहरूको अमूल्य सहयोगले धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दछौं।

🙏 सम्पूर्ण दाता, शुभेच्छुक तथा श्रद्धालु महानुभावहरूमा हार्दिक धन्यवाद।

नेपाल बुद्धिस्ट तामाङ सुधार समिति
आयोजक – न्युङ्ने ब्रत कार्यक्रम, जेष्ठ २४–२७

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gokarneswor Municipality, Ward-04, Makalbari
Kathmandu