24/05/2026
"स्वास्थ्य तथा सामाजिक विकासतर्फ गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्यचाैकी तथा आधारभूत स्वास्थ्य सेवाकाे पहुँच विस्तार, नि:शुल्क ओैषधि वितरण, आमा-शिशु स्वास्थ्य, पोषण तथा खोप कार्यक्रम सञ्चालन गरेको छ भने पैयूँ आधारभूत अस्पताललाई स्वास्थ बीमाको पहिलाे बिन्दु कायम गरि फार्मेसी सेवा सञ्चालन गर्न सफल भएको छ।" - ताेरण मल्ल ठकुरी
(अध्यक्ष- पैयूँ गाउँपालिका)
"पर्वत चिनारी"मा प्रकाशित "पैयूँ गाउँपालिका संभावना: चुनाैती र गरिएका प्रयास" शीर्षकको लेखबाट
#पर्वतसमाज
24/05/2026
"महाशिला विकास स्वयंसेवक कार्यक्रममार्फत् ५०० भन्दा बढी स्थानीय नागरिकलाई राेजगारी सृजना गर्नु गाउँपालिकाको दूरदर्शी पहल हाे। यसले बेराेजगारी न्यूनीकरणसँगै विकासमा जनसहभागिता बढाएकाे छ। बाहिर बसाइँ सरेका नागरिकलाई पुनः गाउँमै फर्कन प्रोत्साहन गर्न आवास निर्माणका लागि एक लाख र छ महिनाका लागि खाद्यान्न सहयोग प्रदान गर्नु सामाजिक पुन: एकीकरणको उदाहरणीय अभ्यास हो ।"
- इश्वरीप्रसाद भुसाल (अध्यक्ष- महाशिला गाउँपालिका)
" पर्वत चिनारी" प्रकाशित "महाशिला गाउँपालिका: संभावना, चुनाैती र समावेशी विकासकाे अभ्यास" शीर्षकको लेखबाट
#पर्वतसमाज
#महाशिलागाउँपालिका
24/05/2026
"फलेवास नगरपालिकाको कुल क्षेत्रफलमध्ये कृषि भूमि ४६८.१ हेक्टर ५४.६४ प्रतिशत रहेको छ भने ३६.२१ प्रतिशत वनजङ्गलले ढाकेकाे छ। यस नगरपालिकामा मुख्य बालीका रूपमा धान, मकै, काेदाे र गहुँ खेती रहेको छ। फलफूलमा सुन्तला, मेवा, अम्बा, किवी, रुख कटहर, भुइँ कटहर आदि रहेका छन् । फलेवास नगरपालिकामा विगतदेखि नै साना उद्यमहरू सञ्चालनमा रहेका छन्।" - गंगाधर तिवारी (नगरप्रमुख- फलेवास नगरपालिका)
"पर्वत चिनारी"मा प्रकाशित "फलेवास नगरपालिका: संभावना र चुनाैती" शीर्षकमा प्रकाशित लेखबाट!
Parbat Samaj-पर्बत समाज
21/05/2026
"महिला सशक्तीकरणलाई कृषि र उद्यमसँग जोड्दै माेदी गाउँपालिकाले महिला अल्लाे कपडा उद्योगलाई प्रवर्द्धन गरेको छ। स्थानीय कच्चा पदार्थ अल्लोको प्रयोग गरी धागो उत्पादनदेखि कपडा बुन्नेसम्मका कार्यमा महिलालाई सङ्गठित गरिएको छ। यस उद्योगले महिलालाई घरेलु भूमिकाबाट आर्थिक क्रियाकलापमा सक्रिय बनाउँदै आत्मनिर्भरता र सामाजिक सम्मान दुवै बढाएको छ। "
हीरादेवी शर्मा (अध्यक्ष- मोदी गाउँपालिका)
पर्वत चिनारीमा प्रकाशित "मोदी गाउँपालिका संभावना र चुनाैती" शीर्षकको लेखबाट उद्धृत !
21/05/2026
पर्वत जिल्लाको जनसाङ्ख्यिक सङ्क्रमण, बसाइँसराइँ र विकासबारे मिहिन ढंगले बुझ्नका लागि प्रा.डा. पीताम्बर शर्माको पर्वत चिनारीमा प्रकाशित लेख अत्यन्तै उपयाेगी छ। इच्छुक पाठक एवम् अनुसन्धानकर्मीहरूले बागबजारस्थित पर्वत समाजको कार्यालय एवम् पुस्तक पसलहरूमा सम्पर्क गर्न सक्नुहुन्छ!
11/05/2026
एकीकृत सेवा कार्यालय पर्वत को प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
17/02/2026
स्वास्थ्य बीमा ओपीडी (OPD) सम्बन्धी सुचना । 🙏