चोखाछेँ गल्ली समूह

चोखाछेँ गल्ली समूह

Share

Social Organization to serve for society with youth volunteers.

10/06/2026

चोखाछेँ गल्ली समूहको आयोजनामा यही आउँदो शनिबार जेठ ३० गते ईन्द्र चोक, काठमाडौंमा समय बिहान ९:०० देखि दिउँसो १:०० बजे सम्म हुन गइरहेको बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक अनुरोध तथा निमन्त्रणा।
तपाईंको सानो सहयोगले कसैको जीवन बचाउन सक्छ।
रक्तदान जीवनदान 🩸🫀🙌✊
थप जानकारीका लागि सम्पर्क नं ९८४९९१८४३१/९८६१८४६५१४

Photos from चोखाछेँ गल्ली समूह's post 05/06/2026

२४ वडा द्वारा आयोजित महानगर व्यापी वडा स्तरीय फुटसल प्रतियोगिताको अन्तिम दिन फाइनल खेलमा वडा ३० लाई ३-९ गोल अन्तरले पराजित गर्दै वडा १३ विजयी हुन सफल भएका छन् । अत्यन्त रोमाञ्चक खेलमा दुवै पक्षको राम्रो प्रस्तुति देखियो ।
त्यस सँगै प्रतियोगिताको उपाधि जितेका वडा १३ टिमलाई रकम रु २०००००/- पुरस्कार हस्तान्तरण भएको छ ।
उपविजेता टिम वडा ३० लाई रकम रु १०००००/- पुरस्कार हस्तान्तरण भएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट गोल रक्षकको उपाधि वडा १३का श्री विशाल खड्गी ज्यूलाई हस्तान्तरण भएको छ।
प्रतियोगिताको सर्वोकृष्ट गोल कर्ताको उपाधि वडा १३का श्री अभय राणा ज्यूलाई हस्तान्तरण भएको छ ।
सो फाइनल खेलको सर्वोकृष्ट खेलाडीको उपाधि ओडा १३का विकेश शाही ज्यूलाई हस्तान्तरण भएको छ।

साथै प्रतियोगीताको समापन सँगै यस खेल आयोजना गर्नुभएका वडा २४ र सबै कार्यसदस्य,प्रतियोगितमा भाग लिनुभएका सबै वडा तथा सहकर्महरु, उपस्थित सबै खेलप्रेमी र सहयोगीहरू,आफ्नो अमूल्य समय दिनुभएका हाम्रो चोखाछेँ गल्ली समूहका सदस्यहरू र सम्पूर्ण स्वयंसेवकहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।

03/06/2026

What a Vibe👏👏
What a Game🫡
Amazing Crowd🙏

Such an amazing experience to witness the Match between Ward-17 Vs Ward-30

Photos from चोखाछेँ गल्ली समूह's post 03/06/2026

२४ वडाद्धारा आयोजित महानगर व्यापी फुटसल प्रतियोगताको सम्पूर्ण खेल परिणाम पश्चात् वडा ३० र वडा १३ फाइनलमा प्रवेश गरेका छन् र सो फाइनल खेल भोलि जेठ २१ गते बिहान ९ बजे पक्नाजोल स्थित कुमारी फुटसलमा हुने हुँदा सम्पूर्ण खेल प्रेमी तथा समर्थकहरुलाई उपस्थित भई खेलको मनोरञ्जन र गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

01/06/2026
Photos from चोखाछेँ गल्ली समूह's post 01/06/2026

मिति २०८३ साल जेष्ठ १५ र १६ गते का.म.पा. वडा नं. २४ द्वारा आयोजित तेस्रो नबिन्द्र स्मृति FIDE Rapid Chess Tournament 2083 सभ्य, भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता, उपविजेता तथा विभिन्न विधाका पुरस्कार विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल खेलजीवनको शुभकामना व्यक्त गर्दछौं। सहभागी सम्पूर्ण खेलाडीहरूले देखाउनुभएको खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक उत्कृष्टताले कार्यक्रमलाई थप सफल र स्मरणीय बनाएको छ ।

प्रतियोगिताको केही स्मरणीय झलक र तस्बिरहरु:-

Photos from चोखाछेँ गल्ली समूह's post 30/05/2026

२४ वडा द्वारा आयोजित महानगर व्यापी फुटसल प्रतियोगिताको खेल तालिकाको विवरण यस प्रकार छ ।

Photos from चोखाछेँ गल्ली समूह's post 30/05/2026

२४ वडा द्वारा आयोजित महानगर व्यापी फुटसल प्रतियोगिताको विषयमा छलफल तथा खेल तालिका सार्वजनिक गर्न सबै प्रतियोगी वडाका प्रतिनिधि र समन्वय गरेका स्थानीय संस्थाहरुसँगको केही तस्बिरहरु ।

12/05/2026

आदरणीय सबै काठमाण्डौ महानगर बासीको लागि सूचना:-

का म न पा २४ वडा द्वारा आयोजना हुन गइरहेको महानगरव्यापी फुटसल प्रतियोगितामा सहभागी हुन सम्पूर्ण काठमाण्डौ महानगरपालिकाका सम्पूर्ण वडा कार्यालय,समिति,बासिन्दा र खेलाडीहरूलाई हार्दिक निमन्त्रणा ।
कार्यक्रमको विवरण तल दिईएको तस्बिरमा उल्लेख गरिएको छ।
सम्पूर्ण काठमाण्डौ महानगरपालिकाका वडाको सहभागिता आशा राख्दछु।
धन्यवाद ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Chokhachhen Galli
Kathmandu
44600