Occupational Safety and Health Center, Lalitpur Nepal

Occupational Safety and Health Center, Lalitpur Nepal

Share

Government organization, working for occupational safety and health

तात्कालिन श्री ५ को सरकारले श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत वि.सं. २०५२ सालमा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना” को स्थापना भएको हो। वि.सं. २०६५ साल पुस १६ गते तत्कालिन श्रम तथा रोजगार प्रवर्धन विभागलाई वैदेशिक रोजगार प्रवर्धन विभाग र श्रम विभागमा नेपाल सरकारले विभाजित गरेपछि यो आयोजना श्रम विभाग ,अन्तगर्त राखेको हो। नेपाल सरकारको २०७५ ।४।०१ गतेको निर्णयानुसार व

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 26/05/2026

यस केन्द्रको आयोजना र ग्रिल तथा स्टील व्यवसायी महासंघको सहकार्यमा "ग्रिल तथा फेब्रिकेसन कार्यमा संलग्न श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊ सम्बन्धी अभिमुखीकरण तालिम" यस केन्द्रको हल, भैंसेपाटी ललितपुरमा सम्पन्न भयो ।

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 26/05/2026

यस केन्द्रको आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहकार्यमा"उद्योग वा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको लागि व्यवसाजयन्य सुरक्षा तथा स्वास्थ्य र सुरक्षित क्लोरिनेसन एकाई संचालन सम्बन्धी ३ दिने सचेतनामुलक तालिम" पानी प्रशोधन केन्द्र सुन्दरीजलको तालिम हलमा सम्पन्न भयो ।

22/05/2026

सूचना ! सूचना !! सूचना !!!

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 04/05/2026

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह-२०८३, निःशुल्क आँखा जाँच शिविर, OSH सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया, वृक्षारोपण जस्ता विभिन्‍न कार्यक्रमहरु गरी सम्पन्‍न गरियो ।

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 29/04/2026

"world day for safety and health at work 28 april" मनाउने क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०८३ को शुभारम्भ कार्यक्रम मिति २०८३/०१/१५ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकज्यूबाट उद्घाटन गरियो, तत्पश्चात भक्तपुर औद्योगिक क्षेत्र लिमिटेडमा १ दिने निःशुल्क आँखा जांच शिविर संचालन गरियो । उक्त शिविरमा १७५ जनाको निःशुल्क आँखा जांच गरी आँखा सम्बन्धी औषधि तथा चस्माहरु पनि निःशुल्क वितरण गरियो ।

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 08/04/2026

यस केन्द्रको आयोजनामा मिति २०८२।१२।१६ देखि १९ गते सम्म कार्तस्थलमा "कार्यस्थलमा खतरा पहिचान तथा जोखिम मुल्याकंन (HIRA) सम्बन्धि ४ दिने दक्षता अभिवृद्धिमुलक तालिम " सम्पन्न भयो, उक्त तालिममा बिभिन्न उद्योग तथा प्रतिष्ठानबाट २५ जना प्रशिक्षार्थीहरुको सहभाभिता रहेको थियो।

17/03/2026

तालिम लिन ईच्छुकको लागि अत्यन्तै जरुरी सूचना

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 05/02/2026

यस केन्द्रको आयोजनामा संचालन भएको "व्यवसायजन्य सुरक्षा तथा स्वास्थय सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रम" नेपाल ईन्जिनियर्स एशोसियसनको समन्यमा मिति २०८२/१०/२० गते सम्पन्न भएको थियो । बिभिन्न प्रतिष्ठान तथा कार्यालयबाट पाल्नुहुने सम्पूर्ण सहभागी महानुभावहरुलाई केन्द्रले सहृदय हार्दिक आभार प्रकट गर्दछ।

Photos from Occupational Safety and Health Center, Lalitpur Nepal's post 10/01/2026

यस केन्द्रको आयोजनामा मिति २०८२/०९/१३ गते देखि २०८२/०९/२६ सम्म संचालन भएको "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि १४ दिने दक्षता अभिवृद्धिमुलक प्रशिक्षण" व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र, भैसेपाटिको तालिम हलमा सम्पन्न भएको थियो ।तालिम सन्चालनको दौरानमा बिभिन्न श्रोत व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । श्रोत व्यक्तिको रुपमा पाल्नु भएका श्री उत्तम आचार्यज्यु, डा. श्री केदार बहादुर रायमाझिज्यु, सामाजिक सुरक्षा कोषका उप-निर्देशक श्री रोहित रेग्मीज्यु, पुलचौक क्याम्पसका श्री शैलेन्द्र साहज्यु र नवराज भट्टराईज्यु, ई. श्री विकास चन्दज्यु, ई. बरुण कुमार झाज्यु, डा.श्री सुनिल कुमार जोशीज्यु,श्री दिनेश प्रसाद साहज्यु, श्री कविराज पुनज्यु, नेपाल लागुऔषध नियन्त्रण ब्युरोका श्री जनक शाहिज्यु, विपत व्यवस्थापन विभागका टिम र त्यसै गरि केन्द्र बाटै पाल्नु भएका केन्द्र प्रमुख श्री प्रतिभा गौतम ज्यु र मेकानिकल ईन्जिनियर श्री प्रशान्त कुमार श्रेष्ठ ज्यु,श्री दिपक नाथज्यु,श्री उज्वल कुमार निरौलाज्यु, श्री रामाकान्त महतोज्युले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यतालिका अनुसार २ ओटा उद्योग/प्रतिष्ठान भ्रमण रहेकोमा पहिलो उद्योग भ्रमणमा सहजीकरण गर्दिनु भएकोमा श्री दि नेपाल डिष्टलेरिज प्रा.लि. र दोश्रो काठमाडौ उपत्यका खानेपानी लि., आयोजना कार्यान्वयन निर्देशनालयको मातहतमा रहेको फोहर पानी प्रशोधन केन्द्रलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छौ। त्यसै गरि बिभिन्न उद्योग/प्रतिष्ठान तथा कार्यालयबाट पाल्नुहुने सम्पूर्ण सहभागी महानुभावहरुलाई केन्द्रले सहृदय हार्दिक आभार प्रकट गर्दछ ।

10/12/2025
Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Lalitpur
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00