आज मिति २०८३ बैशाख १४ गते राप्ती नदीको सिधनिया घाटमा आसन्न मनसुनलाई लक्षित गरि जिल्ला विपद व्यवस्थापन समिती बांकेको आयोजनामा अभ्यास मनसुन ( Exercise Mansoon) कृत्रिम घटना अभ्यास सम्पन्न गरियो । अभ्यासबाट विपदमा क्रियाशील निकाय र संघसंस्थाबीचको समन्वय र सहकार्यमा प्रभावकारिता, नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीहरुको खोज तथा उद्दार क्षमता, कौशल र समन्वय अभिवृद्दि, समुदायको सचेतना र जागरणका साथै समग्र विपद पूर्वतयारीको हाम्रो प्रयासमा उल्लेख्य सहयोग गरेको छ ।
अभ्यासको अगुवाई तथा समन्वय गर्ने नेपाली सेना बज्रदल गण, अभ्यासमा सहभागी भै महत्वपूर्ण योगदान गर्ने शसस्त्र प्रहरी ३० नं गण, नेपाल प्रहरी, जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, वडाअध्यक्षहरु, रेडक्रस लगायत अन्य सहयोगी संघसंस्थाहरु र संचारकर्मी सबैमा हार्दिक आभार सहित धन्यवाद ।
District Administration Office, Banke
Official page of District Administration Office, Banke
28/05/2026
मिति २०८३ ज्येष्ठ १४ गते राप्तीसोनारी गांउपालिकाको वाढीको उच्च जोखिममा रहेको स्थान खल्ला झगडीयामा निर्माणाधिन तटबन्धको अनुगमन गर्दाका केहि तस्विरहरु ।
तिब्र रुपमा कार्य अगाडि बढाउन आवश्यक समन्वय र
निर्देशन गरिएको ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ( ईद- उल- अजहा) को अवसरमा जिल्लावासी सम्पूर्ण इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा जिल्ला प्रशासन कार्यालय बाँके परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।
पछिल्ला दिनहरुमा गर्मी बढेसंगै नेपालगन्ज उपमहानगरपालिका सहित जिल्लाका अन्य क्षेत्रहरुमा पट्क पटक विद्धुत आपूर्ती अबरुद हुने समस्यालाई लिएर विभिन्न व्यक्तिहरुले विभिन्न सामाजिक सन्जालका साथै कतिपयले टेलिफोन र मेसेज मार्फत ब्यक्त गर्नु भएका प्रश्न,चासो, खवरदारी र सुझाव प्रति आभार व्यक्त गर्दै सो बिषयमा जिल्ला प्रशासन कार्यालय बाँके को पर्याप्त ध्यान आकृष्ट भै सुधारका लागि विधुत कार्यालयका सम्बद्द अधिकारीसंग निरन्तर सम्पर्क, छलफल र समन्वय गरीरहेको व्यहोरा सबैमा अनुरोध छ । हिजो सम्पन्न कार्यालय प्रमुख वैठकको एक मुख्य एजेन्डा नै विद्धुत आपूर्तिको गुणस्तरीयता सम्बन्धी थियो भने आज कार्यालय समय पश्चात नेपालगन्ज विद्धुत कार्यालयका कार्यालय प्रमुखसंग समस्या र समाधानका लागि गरिनु पर्ने प्रयास सम्बन्धमा छलफल गरि विद्धुत आपूर्तिलाई दिगो बनाउन रणनैतिक ढंगले काम गर्न निर्देश गरिएको र सो का लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेको व्यहोरा अनुरोध छ ।
सबैले खवरदारी संगै रचनात्मक सहयोग गरौ।
धन्यवाद ।
https://www.facebook.com/100016981560362/posts/2064883544087678/?app=fbl
19/05/2026
आज मिति २०८३ वैशाख ५ गते बांके जिल्ला स्थित कार्यालयहरुको नियमित कार्यालय प्रमुख वैठकको केही तस्बिर । वैठकमा अन्तरनिकाय समन्वय, सुदृढ एवम प्रभावकारी सार्वजनिक सेवा, गुणस्तरीय सार्वजनिक निर्माण, विपद व्यवस्थापन लगायत बिषयमा छलफल भयो । उपस्थितिका लागि सबैलाई धन्यवाद ।
19/05/2026
मिति २०८३ ज्येष्ठ ४ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको वैठकको केही तस्विरहरु ।वैठकमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना,२०८३ को मस्यौदा लागायत विपदसंग सम्बन्धित अन्य बिषयमा छलफल भयो । उपस्थितिका लागि सबैमा धन्यवाद ।
06/05/2026
29/04/2026
सचेतना र सतर्कताका लागि सबैमा अनुरोध ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Nepalganj
21900
