Hamro Mirchaiya

Hamro Mirchaiya

Share

Follow Us For Authentic News ! For Advertisement Contact Us Via Message.

Mirchaiya formerly known as Ramnagar Mirchaiya is a municipality in Siraha District in the Sagarmatha Zone (Eastern Development Region) of south-eastern Nepal. The municipality was established on 18 May 2014 by merging the existing Rampur Birta,Malhaniyakhori, Radhopur, Ramnagar Mirchaiya, Phulbariya, Sitapur PraDa andMaheshpur Gamharia Village Development Committees.[1][2] At the time of the 2017

02/06/2026

महोदयको नवौं वर्ष बितिसक्यो कार्यकाल। पालिका स्थापना कालको समेत जोड्ने हो भने झण्डै 11 अर्ब 20 करोड बराबरको बजेट मिर्चैया नगरपालिकामा संचालन भएको देखिन्छ। यो हामीले होइन विगत देखिको महालेखा परीक्षकको प्रतिवेदनले देखाउँदैछ। सायद सही सदुपयोग भएको भए मिर्चैया स्वर्ग हुने थियो होला तर तर तर जनताले के पायो???
धुलोयुक्त सडक, फोहर युक्त नगरपालिका, गुणस्तर खस्केको शिक्षा, कुलतमा लागेका बच्चाहरु , डाक्टर न भेट्ने अस्पताल, कमजोर पूर्वाधार , दुःखी किसान लगायत अन्य। अनादरणीय मेयर ज्यूले के पाउनु भयो?? दुई कठ्ठा खेत बाट 12 बिघा जमिन, गाउँदेखि काठमाडौं सम्म अर्काको नाममा किनेको घर अन्य सम्पति, पालिकालाई दोहन गरी गरी प्राप्त गरेको करोडौंको सुविधा र तलब भत्ता। र यो सब सम्भव कसरी भयो?? सरकारी बजेटलाई आफ्नै बाउको सम्पति सम्झी दुरुपयोग गरेर, आफ्नो मान्छेलाई काम दिई कमिसन खाएर, कामै नगरी लाखौं भुक्तानी गरेर, कर्मचारीलाई डर धम्की देखाएर गलत काम गराउँदै पैसा खाँदै गरेर, वडा अध्यक्षहरु मौन भएर , कर्मचारी भर्ती मा पैसा खाएर यस्ता कति छन् कति। जेन जी आन्दोलन बेला प्रमाण मेटाउन आफ्नै कार्यकर्ता बाट आगो लगाउन लगायो फसायो कसलाई ?? आफ्नो प्रतिपक्षलाई। वाह रे भक्षक। फेरी पनि प्रदेशमा यस्तालाई मिर्चैया बासीले एक भोट पनि हाल्नु भनेको हाम्रो लागि दुर्भाग्य हो। जनताले तिम्रो हिसाब माग्दै छ। यो भैंसी वितरण गरेर केइ हुनेवाला छैन।





Photos from Hamro Mirchaiya's post 30/05/2026

मिर्चैया नगरपालिकाको करारे कर्मचारीहरू
चुनाव पछि लखेटिनु भन्दा चुनाव अगाडि नै आफ्नो आफ्नो विकल्प र बाटो रोज्नुस्, यही हाम्रो खुल्ला सुझाव छ!


30/05/2026

मधेश प्रदेशलाई लक्षित गरी विभिन्न क्षेत्रमा विनियोजन गरिएको बजेट र कार्यक्रमहरूको विवरण निम्न बमोजिम छ:

१. सडक पूर्वाधार
-काठमाडौँ-तराई-मधेस द्रुत मार्ग (फास्ट ट्र्याक): यस द्रुत मार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्न तथा लिङ्क रोड निर्माण सुरु गर्न रू. १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ।
-हुलाकी राजमार्ग: मधेशका घना बस्तीहरू हुँदै जाने यो राजमार्ग चौडा गर्ने र ८ वटा पुल निर्माण गर्ने कार्यका लागि रू. ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ।
-रेलमार्ग: बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग र निर्माणाधीन जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरिएको छ (यकिन अंक खुलाइएको छैन)।

२. सिँचाइ तथा जलस्रोत (खानेपानी समेत)
-भूमिगत सिँचाइ: सतह सिँचाइ नपुगेका तराई-मधेशका थप ३ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउन रू. १ अर्ब ८३ करोड विनियोजन गरिएको छ। सर्लाही र धनुषामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिँचाइ सुविधा पुर्याइनेछ।
-सुनकोशी-मरिन डाइभर्सन: यसबाट थप हुने पानीको उपयोग गरी मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न रू. ५३ करोड विनियोजन गरिएको छ।
-खानेपानी: तराई मधेशमा अधुरा रहेका २८० वटा खानेपानी आयोजना सम्पन्न गर्न रू. २ अर्ब ५० करोड विनियोजन गरिएको छ।
-ढल तथा खानेपानी प्रशोधन: वीरगञ्‍ज लगायतका प्रमुख सहरहरूमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रमका लागि रू. २ अर्ब ३४ करोड विनियोजन गरिएको छ।

३. स्वास्थ्य सेवा
मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गरिनेछ।
मधेश प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास गरिनेछ। (यस क्षेत्रका लागि समग्र स्वास्थ्य बजेट छुट्याइए पनि मधेशको लागि मात्र छुट्टै अंक खुलाइएको छैन)।

४. सामाजिक सुरक्षा
उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि रहेका मुख्यतः मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका २५ जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको छ।

५. कृषि तथा जडीबुटी
सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेंडा प्रशोधन केन्द्र स्थापना गरिनेछ। (यसको लागि यकिन बजेट अंक खुलाइएको छैन)।

६. खेलकुद
मधेश प्रदेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ (यकिन अंक खुलाइएको छैन)।

७. पूर्वाधार तथा विकास (पर्यटन तथा अन्य)
-मध्य-मधेश चतुर्भुज: सुनकोशी मरिन डाइभर्सनको कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व-पश्चिम राजमार्ग विस्तारको काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको "मध्य-मधेश चतुर्भुज" बनाइनेछ।
-पर्यटन विकास: जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास गर्न रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याइएको छ। जनकपुरधामलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिनेछ।

जलविद्युत तथा ऊर्जा, भन्सार तथा व्यापार सहजीकरण, र सञ्चार तथा प्रविधि जस्ता क्षेत्रहरूमा राष्ट्रिय स्तरका ठूला कार्यक्रमहरू र बजेट राखिएको भए तापनि स्रोतमा 'मधेश प्रदेश' कै लागि मात्र भनेर बजेट रकम तोकिएको विवरण उपलब्ध छैन l



29/05/2026

बालक हराएको सूचना !
नाम: मेराज (पलपल)
बुबाको नाम: शाहिद शेख
हजुरबुबाको नाम: मुक्सेद शेख
ठेगाना: नरहा बलुवा–५, सिरहा
हिजो बिहिवारकाे बकरा ईदको दिन दिउँसो करिब ३:०० बजेदेखि हराइरहेका छन्।कसैले फेला पार्नुभएमा कृपया तलको नम्बरमा वा नजिकको इलाका प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दै छु ।
सम्पर्क: ९७१३९२७११३
Source by Ramnarayan Thakur

28/05/2026

विद्युत लाइन अबरुद्ध सम्बन्धि सूचना l

26/05/2026




26/05/2026

विद्युत अवरुद्ध रहने सम्बन्धि सूचना:
यस वितरण केन्द्र अन्तर्गत ११ के.भि. कल्याणपुर फिडरमा पर्ने मिर्चैया न.पा. ३, वीरपुर टाेलमा हाईटेन्सन लाईन मर्मत सुधार कार्यका लागि लाईन सट डाउन गर्नुपर्ने भएकाले मिति २०८३/०२/१३ गते बुधबारका दिन बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म यस केन्द्रकाे निम्न क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।
प्रभावित हुने क्षेत्रहरू:
वीरपुर, राघाेपुर, सिसवनी, बकथलवा, सिकराेन, भेडिया, रमपुरा र भरही टिकुलिया

यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति ने.वि.प्रा. मिर्चैया वितरण केन्द्र क्षमा प्रार्थी छ।
पुनश्च: तोकिएको समय अगावै कार्य सम्पन्न भएमा विद्युत आपूर्ति सोही अनुसार शीघ्र सुचारू गरिनेछ।
धन्यवाद। 🙏

Source by ने.वि.प्रा. मिर्चैया

Photos from Hamro Mirchaiya's post 26/05/2026

हामीले मिर्चैया अस्पतालको स्वास्थ्य शिविरमा हाम्रा आमा, दिदीबहिनी र काखमा बच्चा बोकेका महिलाहरूले भोगेको सास्ती, चरम कुव्यवस्थापन र लाइनको वास्तविक भिडियोसहित सत्य तथ्य पोस्ट गरेका थियौँ। तर, नगर नेतृत्व र अस्पताल प्रशासनको त्यो लाचारी लुकाउन नगरपालिकाको बजेट र विज्ञापनमा पालिएका कसरी मैदानमा उत्रिन्छन्, यो प्रमाण हेर्नुहोस्!
फेसबुकमा पत्रकार श्याम कुमार ठाकुरले नेपाल टीभी अनलाइनको लिङ्क सेयर गर्दै "४ सयभन्दा बढी महिलाको उत्साहजनक सहभागिता, दिदीबहिनीहरू खुसी" भन्दै भजन गाउन सुरु गरेका छन्।
प्रश्न उठ्छ
१. के तपाईँको आँखा फुटेको छ? यो पोस्टमा राखेको हाम्रो वास्तविक भिडियो र फोटोहरू हेर्नुस्! टन्टलापुर घाममा पानी समेत नपाएर आमाहरू लाइनको दृश्य तपाईँको क्यामराले किन देखेन? कि नगरपालिकाबाट आउने तिम्रो 'खाम' ले इमान र विवेक दुवै बन्द गरिदियो?
२. जनताको सास्ती तपाईँका लागि उत्सव हो? न्यूनतम मानवीय व्यवस्थापन, बस्ने ठाउँ, त्रिपाल र खानेपानी सम्म नभएको यो भद्रगोललाई 'उत्साहजनक' भन्दै जनताको आँसुमाथि नुन छर्कन लाज लाग्दैन? उता अस्पतालमा 'रेफर स्क्याम' गरेर गरिबलाई निजी क्लिनिकमा लुट्ने दाउ रच्ने, यता फेसबुकमा 'सफलताको कथा' छाप्ने?
नेता र अस्पताल प्रशासनको दलाली गरेर पेट पाल्नेलाई मिर्चैयाबासीले अब राम्रोसँग चिनिसकेका छन्। अब यस्तो 'चाकडीतन्त्र' मिर्चैयामा चल्ने छैन!





25/05/2026

तीब्र हावा हुरीको कारण बिदुत सप्लाई बन्द गरिएको ब्यहोरा अनुरोध छ । कहि कतै बिदुतीय संरचनामा समस्य देखिए तला को नम्बर मा खबर गरि दिनु हुन अनुरोध छ ।

मिर्चैया क्षेत्रमा समस्या भएमा ०३३ ५५०१३३
गोलबजार क्षेत्रमा समस्या भएमा ९८५२८३८५०९

Photos from Hamro Mirchaiya's post 24/05/2026

आदरणीय मिर्चैयाबासी दाजुभाइ तथा दिदीबहिनीहरू,
यी तस्बिरहरू र भिडियो मिर्चैया नगरपालिका मातहत रहेको मिर्चैया अस्पतालमा हालै सञ्चालन गरिएको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविर हो। स्वास्थ्य क्याम्पको नाममा हाम्रा आमा, दिदीबहिनी र काखमा बच्चा बोकेका महिलाहरूलाई यो टन्टलापुर घाममा जसरी भेडाबाख्रा जस्तै लाइनमा उभ्याइएको छ, यसले अस्पताल प्रशासन र नगर नेतृत्वको चरम लापरबाहीलाई नाङ्गो रूपमा उदाङ्गो पारेको छ।
कुनै व्यवस्थापन छैन, न घामबाट बच्ने त्रिपाल छ, न खानेपानीको व्यवस्था छ, न त पालो आउने निश्चितता छ। जनतालाई आधारभूत सुविधा समेत नदिई कुन उद्देश्यका लागि यो क्याम्प राखियो? सस्तो लोकप्रियता कमाउन मेयर र मिर्चैया अस्पतालकी मेसु डा. सारिका गोइतको मिलेमतोमा यो केवल 'बजेट पचाउने र प्रचार गर्ने' नयाँ स्क्याम (Scam) त होइन?
क्याम्पको नाममा फोटो खिचाएर फेसबुकमा 'विकासको गफ' दिने नेतृत्वले जनताले भोगेको यो सास्ती र आँसुको जवाफ दिनुपर्छ। मिर्चैयाबासी अब सचेत भइसकेका छन्, यस्ता राजनीतिक स्टन्टको भ्रममा अब कोही पर्ने छैनन्।

तपाईँ वा तपाईँको परिवारले यस क्याम्पमा कस्तो सास्ती वा अनुभव भोग्नुपर्‍यो?







Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Mahindra Highway
Siraha
033