रक्षक सभा अर्थात समानान्तर सरकार : आफ्नो वडा, पालिका, जिल्ला, प्रदेश वा केन्द्रको प्रतिनिधित्व गर्नुस
-रक्षक सभा-
अर्थात् राजकीय बेथिति, अनुत्तरदायित्व र लक्ष्यहीनताबाट आजित आमनागरिकले एक सुगम राजमार्ग निर्माणका निम्ति चालेको पहिलो पाइलाको नाम हो - रक्षक सभा ।
एउटा यस्तोसभा (जमघट, चौतारो, सहमतिस्थल) जसले राष्ट्र र आमनागरिकको स्वार्थ गाँसिएका प्रत्येक आयामको रक्षा के गरी हुन सक्छ ? भनेर विस्तारमा चिन्तन गरोस र त्यसका लागि निरन्तर खटियोस् ।
यो एउटा चिन्तन केन्द्र (थिङ्क ट्याङ्क), वकालत मञ्च (एड्
भोकेसी फोरम), सञ्चालक (मोबिलाइजर), आन्दोलनकर्ता (एजिटेटर), सङ्गठनकर्ता (अर्गनाइजर) सबै हो ।
-अब प्रश्न उठ्छ त्यसो भए विकल्प के त ?-
यसैले स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार बनोस र त्यसले तेस्रो संविधान सभाको निम्ति आम निर्वाचन नहुन्जेल सम्म, इरानको क्रन्तिकालीन संरक्षक परिषद जस्तै देशको जिम्मेवारी वहन गरोस भन्ने हामी चाहान्छौ । त्यसमा सल्लाहकारको भूमिका सेनाको सहभागितामा रहेको सूरक्षा परिषदले निर्वाह गरोस भन्ने हाम्रो आग्रह छ ।
स्वतन्त्र बुद्दिजिबिहरुको २०५ सदस्यीय समानान्तर संसद तत्काल खडा होस भन्ने हामी चाहान्छौ । सम्पुर्ण निर्वाचन क्षेत्रमा स्वतन्त्र यूवाहरुले निर्वाचित प्रतिनिधिहरुलाई फिर्ता गर्ने प्रत्याव्हान मतदानको आयोजना गरुन भन्ने हामी चाहान्छौ ।
आम देशबाशीले यी मागहरु पूरा गर्न जूलूस निकाल्नूस, नेपाल बन्द गर्नूहोस, धर्ना दिनूहोस, अनसन बस्नूस, हडताल गर्नोस हामी पटके भन्दैनौं । असूरहरुका यी औजारहरु प्रयोग गरेर हजारौ दूख पाइसक्नूभयो, अव कति दूख पाउनुहुन्छ ?
आ-आफ्नो विवेक र क्षमता सदूपयोग गर्दै वर्तमान व्यवस्थालाई संभव भए सम्म सवै किसिमले असहयोग गर्नूहोस भन्ने आव्हान गर्दछौ । त्यसको संविधानलाई अस्विकार गर्नोस भन्छौ । यस व्यवस्थाका कूनैपनि कृयापलापमा सामेल नहूनूस भनेर आग्रह गर्न चाहान्छौ ।
प्रतिदिन बिहान, दिउँसो, साझ प्रतिपल यो वर्तमान शासन प्रणाली रोगाएर सकिनू परोस । यसलाई तपाइको पूर्ण अस्वीकारले विदा दिनेछ । नेपाली स्वाभिमान, स्वतन्त्रता र सूख माथि असूरहरुले कव्जा गरेको यो कालरात्री अति भयो, अब विदा गरौं र अर्को उज्यालो यूग निम्ताऔं ।
-स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण मार्फत तेस्रो संविधान सभाको निर्वाचन गरौ-
अन्तमा: असुरहरुले देश लुट्ने सर्टिफिकेट पाएको अर्थात् मंसिर ४ गते कथित निर्वाचनको ठिक १ वर्ष पुग्दै गरेको अवसरमा आउदो मंसिर १ गते देखि ७ गते सम्म स्वतन्त्र बुद्दिजिबि, युवा तथा सक्षम नेपालीहरुको राष्ट्रिय सम्मेलन मार्फत पहिले समानान्तार नागरिक सरकार गठन तत्पश्चात तेस्रो संविधान सभाको निर्वाचन गरि देशलाई नयाँ दिशा प्रदान गर्न सबै आम नेपाली नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौ । साथै, समानान्तर सरकारमा आ-आफ्नो वडा, पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय भूमिकामा नेतृत्व गर्न दक्षता/क्षमता भएका युवाहरु अग्रसर भइ यो देशको नेतृत्व गर्न आव्हान गर्दै इच्छुक नेतृत्वकर्ताहरुलाई [email protected] इमेलमा आफ्नो बायोडाटा पठाउनु हुन पनि हार्दिक अनुरोध गर्दछौ ।