राष्ट्रिय अपाङ्गता संगठन नेपाल

राष्ट्रिय अपाङ्गता संगठन नेपाल

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय अपाङ्गता संगठन नेपाल, Political organisation, Kathmanadu, Bagmati, Kathmandu.

राष्ट्रिय अपाङ्गता संगठन नेपाल अपाङ्गता भएका व्यक्तिहरुको सवालमा कार्य गर्नको देशभर छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गरि २०६५ सालमा स्थापना भएको नेकपा (एमाले) को जनवर्गिय संगठन हो ।

11/04/2026

राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल १०औँ महाधिवेशन अन्तरगत हुने निर्वाचनमा कृतिम निर्वाचन समिति खडा गरी निर्वाचन गराउन लागिरहेको हुँदा उक्त निर्वाचन कार्यमा भाग नलिने संगठनको निर्णय भएको हुँदा सम्बद्ध साथीहरु उक्त निर्वाचनमा भाग नलिनु हुन अनुरोध गर्दछौ ।
रमेश लामा
महासचिव

02/12/2025

शुभकामना सन्देश
विश्वभर एक साथ मनाईदै आएको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको संवर्द्धन'” (Fostering Disability Inclusive societies for advancing social progress) भन्ने मुल नाराका साथ आज ३ डिसेम्बरका दिन नेपालमा पनि ३४ औ दिवस मनाउँदै गरेको यो अवसरमा हाम्रो गौरबशाली पार्टी नेकपा (एमाले) को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अपाङ्गता भएका व्यक्तिको अधिकारको सुनिश्चितता, प्रवर्धन र संरक्षण गर्न एकीकृत रुपमा प्रभावकारी कार्यक्रमका साथै अपाङ्गतामैत्री सोचका साथ अघि बढ्न सम्पुर्ण देशवासी र सरोकारवालहरुमा आव्हान गर्दछु । समृद्ध नेपाल, सुखि नेपालीको सपना पुरा गर्न अपाङ्गता भएका ब्यक्तिको हितलाई पछाडी छोडेर वा अलग्ग राखेर सम्भव छैन तसर्थ कोही पनि पछाडी नपरून् भन्ने दिगो बिकास लक्ष्यको मूल मर्मलाई सार्थक पार्न अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सबै नागरिक समान विकासको मुल प्रबाहमा समाबेश गर्दै अगाडी बढाउन पार्टीले आफ्नो नीति तथा कार्यक्रमहरू मार्फत सम्बोधन गर्दै आएको छ । समतामुलक समावेशी समाज निर्माणको दिशामा आवश्यक कदम चालेको छ । नेपालको संविधान र कानुनहरुका साथै सिआरपिडीको मर्म अनुरुप अपाङ्गता भएका ब्यक्तिका अधिकारहरुलाई मौलिक हकको रुपमा स्थापित गर्न, अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै, समानुपातिक समाबेशीताको सिद्दान्त अनुरुप अन्य नागरिक सरह राज्यका हरेक संरचना र निर्णय प्रकृयामा अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चित गर्न आवश्यक पहलकदमी गर्दैै आएको छ । पार्टीले अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता सुरुवात, अपाङ्गता भएका व्यक्तिलाई समाजले गर्दै आएको नकारात्मक ब्यबहार, अन्धबिश्वास, हानिकारक परम्परागत, गलत संस्कार,लाई राजनीतिक र सामाजिक आन्दोलन मार्फत परिवर्तन गर्दै आएको छ । राजनीतिक, सामाजिक, सास्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गर्दै नेतृत्वमा स्थापति गर्दै आएको छ। हाम्रो पार्टी नेकपा एमाले तमाम अपाङ्गता भएका बेक्तीहरुले उठान गर्दै आइरहेका महत्त्वपूर्ण सवालहरु समुदायमा नै समाबेस भै स्वोतन्त्र स्वाबलम्बी र मर्यादित जिबनयापन गर्न बेक्तिगत सहयोगी सेवा, सहायक सामाग्री तथा प्रबिधि सेवा, पहुच्युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको बिकास, शिक्षा स्वास्थ रोजगारीको सवालमा गम्भीर रहेको छ ।पाङ्गतामैत्री वातावरण बनाउन पार्टी केन्द्रीय कार्यालयको पहुचयुक्तता परिक्षण गरिसकेको र अन्य कार्यालयहरुमा क्रमश परिक्षण गरि आधुनिक प्रबिधिसंग जोड्दै लैजान कुरामा पार्टी प्रतिबद्द छ ।
माहामारि, भूकम्प लगायत प्राकृतिक प्रकोपको कारणले अपाङ्गता भएका व्यक्तिहरु अझ धेरै मारमा परेको कुरालाई मध्यनजर गर्दै अल्पकालिन तथा दीर्घकालिन योजनाका साथ विशेष संरक्षण, सहुलियत, राहत, सहायक सामाग्री, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन र अपाङ्गता भएका ब्यक्तिका समस्या र आवश्यकतालाई पहिचान गरि उनीहरुले भोगिरहेका बहुआयामिक अवरोधहरु न्यूनीकरण गर्दै सम्मानपूर्वक जीवनयापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई सम्वोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्न पार्टी प्रतिवद्ध छ ।

हार्दिक धन्यवाद!

केपी ओली
अध्यक्ष

19/11/2025

नेकपा (एमाले) केन्द्रीय संगठन विभागले एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन सम्बन्धमा यस्तो निर्णय गरेको छ । सवैको जानकारीका लागि सूचित गर्न यहाँ राखियो है :

बैठकका निर्णय यसप्रकार छन‌:

क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यबस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ ।
१. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने ।
२. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने ।
३. अपानि–१३ ले तोकेका भूगोल/दलित/मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र एकीन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने ।
४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्ंसिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने ।
५.प्रतिनिधि हुन चाहिने न्यूनतम् आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ ।
६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जवाफदेही हुनुपर्नेछ ।
७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिकरूपमा पठाउनुपर्ने ।
८.प्रतिनिधिको समग्र विवरण– (नाम/निर्वाचन क्षेत्र/सदस्यता नम्बर/फोन/फोटो) पठाउनुपर्ने ।
११. तोकिएको विवरणसहित अनिवार्यरूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने ।

ख.विभागका सदस्यहरूको जिम्मेवारी
१.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने ।
२.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने ।
३. प्रतिनिधि छनोटका विषयमा आउनसक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने ।
४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने ।
५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने ।

ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र
१. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्र्तगतका निर्वाचन क्षेत्रहरू
२. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पा“चथर, इलाम, ताप्लेजु¨, संखुवासभा, सुनसरी, मोरङ र झापा
३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा
४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही
५. ज्वाला साहा– रौतहट, बारा र पर्सा
६. आनन्द पोख्रेल– काठमाडौ“, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन
७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर
८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्र्तगतका जिल्लाहरू
९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहु“, मनाङ र नवलपुर
१०. गोविन्द नेपाली– बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी
११. लीला गिरी– रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखा“ची, नवलपरासी (पश्चिम), गुल्मी
१२. जीवन गौतम– दा¨, बा“के, बर्दिया, प्युठान, रुकुम र रोल्पा
१३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला
१४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम
१५. लीला भण्डारी– कैलाली र कञ्चनपुर
१६. माधव ढुंगेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू ।
१७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास

22/10/2025

हार्दिक शुभकामना!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmanadu, Bagmati
Kathmandu
44600