Real Talk Nepal

Real Talk Nepal

Share

© Real Talk Nepal
All Rights Reserved
|| Trending News - Information -Fun - Entertainment ||

15/06/2026

कृषकहरूको उत्सव सुरु: आज असार १ गते, नेपालमा कृषकहरुका लागि मानो रोपेर मुरी फलाउने उत्सव सुरु भएको छ। आकाशे पानीको भर पर्नुपर्ने स्थानमा बीउ लगाउन सुरु हुँदैछ भने सिचाइ राम्रो भएको ठाउँमा धान रोपाई सुरु भएको छ। ❤️

Pic:- Ai

15/06/2026

आमा
आमा कसलाई भन्ने
आमा उहि हुन्छ
जसबाट ममताको झरना झर्छ
जसले मलाई सधैं छोपेको हुन्छ
तर आफैं सधैं घाम तापेकै हुन्छ
जो मेरो एउटा प्रार्थनामा आइ पुग्छ
हो आमा उहि हुन्छ
जसको थपथपमा आज पनि म निदाउँछु
जसको न्यानोपनले मन फेरि बच्चा भै जान्छु
भोख मलाई हुने तर तडपन उसलाई
पेट मेरो भर्ने तर तृप्त उसलाई
हो आमा उहि हुन्छ
जसको कुरामा मेरै कुरा हुन्छ
जसको पूरामा मेरै पूरा पुग्छ
मेरो चोटमा उसको हृदय दुख्ने
मेरो दुखमा उसको आँखा भिज्ने
हो आमा उहि हुन्छ

ऐनामा हैन मलाई त्यसै चिन्ने
संस्कारमा बेरेर मलाई त्यसै बन्ने
रिसाए पनि कुनामा गएर रुने
मलाई नसुताए कहाँ उहि सुत्ने
हो आमा उहि हुन्छ

बाटो बिघारे उहि सम्हाल्ने
कहिले गुरु जहिले अँगाल्ने
मेरो हार वा जीत नहेर्ने
जसले मेरो प्रयासलाई उत्साह बढाउने
हो आमा उहि हुन्छ

✍️ जी.शाह

15/06/2026

4PM 3PM 5PM 😊
देश बिगार्ने टोली :)

14/06/2026

✍️ जी.शाह Gyanendrabbshah Shah
मलाई किन खोजेको

मलाई किन खोजेको तिमीले
म आफैबाट हराएंको मान्छे
मेरो वरिपरि केहि नभएको
उदासीको जंगल बुनेको मान्छे

मायाको समुन्दरमा हिजो यस्तो
एउटा भूमरिले अर्को भूमरिलाई डुबाएंको छ
मलाई किन खोजेको तिमीले
म आफैबाट हराएंको मान्छे

मैले तिम्रो आंसु पुछ्नु सकेन
त्यसैले आफ्नै आंसुले तिमीलाई भिजाइ दिएं
मलाई किन खोजेको तिमीले
म आफैबाट हराएंको मान्छे

13/06/2026

Guide to Visit Api Base Camp, which is recently shared by PM B***n Shah:

Day 1/2 : Kathmandu - Attariya - Gokuleshwor - Makarigaad (By Vehicle) or Kathmandu - Dhangadhi (Flight) & Dhangadhi - Makarigad (By Vehicle)

Day 3 : Makarigaad - Ghusa Village - Siti Village [Trekking 6-7 hrs] (Night stay at Siti Village - Proper food and stay Facilities available in Homestays)

Day 4 : Siti Village - Khaikot - Chirchire - Shimar - Bhalyakhola - Dhauliodhar - Api Base Camp [Trekking 9-10 hrs] (Night stay - Food and Proper food and stay Facilities available [Hotels])

Day 5 : Explore Different Places around Api Base Camp & Return Back to Dhauliodhar in the evening (Night stay - Proper food and stay Facilities available)

Day 6 : Dhauliodhar - Khaikot - Siti Village - Ghusa Village [Trekking 9-10hrs] (Night stay - Proper food and stay Facilities available - Homestay)

Day 7 : Ghusa Village - Makarigaad (Trekking 2-3 hrs) & Makarigaad - Gokuleshwor (By Vehicle)

Day 8/9 : Gokuleshwor - Attariya - Kathmandu (By Vehicle) or Gokuleshwor - Dhangadhi (By Vehicle) & Dhangadhi - Kathmandu (Flight)

PS. उचाईको बारेमा राम्रो जानकारी लिएर जानू होला। स्वास्थ्य नै ठुलो धन हो।

10/06/2026

"इतिहासको प्रारम्भकालदेखि नै स्वाधीन रहिआएको हाम्रो देश नेपालको सार्वभौमिकता र अक्षुण्णतामा सबै नेपाली मिली कुनै आँच आउन दिने छैनन् भन्ने कुरामा पनि हामीले विश्वास राखेका छौँ |" - श्री ५ वीरेन्द्र

10/06/2026

काठमाडौं लगायत का बागमति प्रदेशको बिभिन्न जिल्लामा भिसण बर्सात 😲😳😲


Photos from Real Talk Nepal's post 09/06/2026

राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री सुदन गुरुङको निर्णय 👏

09/06/2026

Right man at right place: महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त हुनु भएको छ ! ❤️

09/06/2026

Heavy Rainfall in Kathmandu Today !!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu