13/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आदरणीय अग्रजहरूमा ललितपुर महानगरपालिका वडा नं ४ परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु ल्याओस् भन्ने कामना गर्दछौं। देश र विदेश जहाँ रहनु भए पनि नेपालीपन, आपसी सद्भाव, एकता र सहयोगको भावना अझ प्रगाढ बनोस्।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
03/04/2026
ललितपुर महानगरपालिका वडा नं ४ कार्यालयकाे आयाेजनामा यस वडा भित्र स्थायी बसाेबास गर्नुहुने युवा वर्ग, उद्यमी तथा स्वराेजगारकाे अवसरमा रहनुभएका समुहलाई लक्षित गर्दै ४० दिनकाे एडभान्स AI Based Digital Marketing तालिम संचालन हुन लागेकाे हुँदा यथासिघ्र ताेकिएकाे मिति भित्र यस वडा कार्यालयमा आफ्नाे नाम टिपाउनु हुन हार्दिक अनुराेध गरिन्छ ।
नाेटः यहाँ दिइएकाे लिङ्कमा क्लिक गरेर पनि आफ्नाे विवरण बुझाइ नाम टिपाउन सक्नुहुन्छ । Register here : https://l1nk.dev/8tepf05
03/03/2026
ललितपुर महानगरपालिका वडा नं ४ कार्यालय तथा जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समिति काे संयुक्त आयाेजनामा जावलाखेल चाेकमा रहेकाे बुद्ध पार्कमा रंगहरुकाे पर्व फागुपुर्णिमाकाे अवसरमा वडा वासीहरुमाझ शुभकामना आदानप्रदान कार्यक्रम निकै शालिन तथा हर्षाेल्लासमय वातावरणमा सम्पन्न भएकाे झलकहरु ।
05/02/2026
एच.पि.भी (HPV) खाेप अभियान संचालन सम्बन्धमा सूचना ।
04/02/2026
फेरी भेटाैँला तथा स्वागत कार्यक्रम !!
ललितपुर महानगरपालिकाकाे नियमित सरुवा प्रक्रिया अन्तर्गत यस ललितपुर महानगरपालिका वडा नं ४ का अधिकृत छैठाैं कर्मचारी श्री उमा श्रेष्ठज्यू काे ललितपुर महानगर एकद्वार केन्द्रमा सरुवा भइ जानुभएकाे हुँदा वहाँलाई बिदाई सँगै फेरी भेटाैँला तथा ललितपुर महानगर एकद्वार केन्द्रबाट सरुवा भइ आउनुभएका अधिकृत छैठाैं कर्मचारी श्री पूर्णा कुमारी थापाज्यू लाई यस ललितपुर महानगरपालिका वडा नं ४ कार्यालयमा स्वागत कार्यक्रम गरिएकाे छ ।
12/01/2026
ललितपुर महानगरपालिका वडा नं ४ कार्यालयकाे वडा स्वास्थ्य कार्यान्वयन समिति, आई सेभर तथा पब्लिक डेन्टल हस्पिटलकाे संयुक्त आयाेजनामा पञ्चकुमारी नारी उत्थान समुहकाे सहकार्य र व्यवस्थापनमा अफलडाेल राम मन्दिर परिसरमा मिति २०८२ पुष २६ गते शनिबारकाे दिन निःशुल्क आँखा तथा दन्त शिविर संचालन भएकाे छ ।
12/01/2026
ललितपुर महानगरपालिका वडा नं ४ नं कार्यालयकाे आयाेजना तथा वडास्तरिय खेलकुद संचालन समितिकाे संयाेजकत्वमा मा संचालन भएकाे उपत्यका ब्यापी अन्तर वडास्तरिय 7A साईड ललितपुर मेयर कप फुटबल प्रतियोगिता २०८२ काे विजेता, उपविजेता, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गाेलकिपरलाई नगद पुरस्कार राशीमा कुनै पनि किसिमका कर कट्टा नगरीकन पुरै नगद सहितकाे चेक हस्तान्तरण गरिएकाे छ ।