25/09/2025
बडा दशै २०८२ काे
हार्दिक मंगलमय शुभकामना🙏
How doesa fire happen ? How to control fire . Other issues related to Fire.
25/09/2025
बडा दशै २०८२ काे
हार्दिक मंगलमय शुभकामना🙏
Lalitpur firefighters working.
10/11/2021
Fire Extinguisher Training .
आगलागीबाट बच्न के गर्ने ?
अबको मौसम जाडो संगसंगै सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ ।
आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले साबधानी अपनाउन र सचेत रहन आवश्यक छ ।
"आगलागीबाट बच्न आफू सचेत बनाै र अरुलाई पनि सचेत गराऊ"
03/11/2021
तिहारकाे बेलामा आगलागी जाेखिम बढि हुने हुँदा आगलागी हुन नदिन के गर्ने ?
ललितपुर जिल्लाका साथै अन्य जिल्लाहरूमा पनि तिहार सुरु भए संगैसंगै आगलागीका घटना ह्वात्तै बढ्ने गर्दछन ।
गत वर्ष लक्ष्मीपुजाको दिन यस ललितपुर जिल्लाका साथसाथै अन्य जिल्लाहरुमा आगलागी धेरै भएका थिए ।
गत बर्षकाे प्रतिबेदन हेर्दा दिपावली तिहारमा आगलागीकाे जाेखिम बढी हुने गरेका छन ।
यस जुद्ध वारुण यन्त्र कार्यालय ललितपुरकाे आगलागी प्रतिबेदन अनुसार तिहारकाे बेला भएका आगलागीका घटनाबाट धेरै भन्दा धेरै क्षति हुने गरेकाे पाइन्छ ।
विषेशगरि तिहारमा आगलागि जाेखिम बढी हुने गर्दछ किन ?
# प्रज्वलनशिल पदार्थ बच्चाले भेट्ने ठाउमा र घर भान्सा भित्र स्टाेर गरि राख्नाले ।
# तिहारमा लक्ष्मी पुजा गर्दा पसल, कारखाना, घर गाेठ र घरमा हुने पुजा काेठाहरुमा धुप, दियाे, मैनबत्ती र विजुलिबाट बल्ने वत्तिहरु बालि छाेड्नाले ।
# तिहारमा राेटि पकाउन चुल्हो बालेर काम सकेपछि आगाे पुर्ण रुपमा ननिभाउनाले ।
# तिहारमा विभिन्न किसिमका पटकाहरु पट्काउनाले ।
हुन नदिन के गर्ने ?
# प्रज्वलनशिल पदार्थ जस्तै पेट्रोल, डिजेल , मट्टीतेल , सलाई , लाइटर आदि बच्चाले भेट्ने ठाउमा नराख्ने र घरभान्सा भित्र स्टाेर नगर्ने स्टाेर गर्नुपर्ने भएमा सुरक्षीत स्थान छनाेट गरि राख्ने ।
# तिहारकाे बेला लक्ष्मी पुजा गर्दा पसल, कारखाना, घर गाेठ र घरमा हुने पुजा काेठाहरुमा धुप, दियाे, मैनबत्ती बाले पश्चात् पुर्ण रुपमा निभाएर सुत्नुपर्छ ।
# तिहारमा विजुलिकाे लाेड बढि हुने हुंदा विजुलि सर्ट भइ आगाे लाग्न सक्दछ। त्यसैले सुत्नु अघि पुर्ण रुपमा वत्ति बन्द गरि सुत्नुपर्छ ।
# तिहारमा खाना, राेटि पकाए पश्चात् वा भान्साकाे काम सकिए पछि ग्यासकाे लेगुलेटर बन्द गर्नु पर्दछ । यदि भान्सामा दाउरा बालि चुल्होकाे प्रयाेग गर्नु भएकाे छ भने पुर्ण रुपमा आगाे निभाइ सुत्नुहाेला ।
# तिहारमा विभिन्न किसिमका पटकाहरु पट्काउदा आफ्नाे वा अरुकाे घर गाेठ, परालकाे कुन्युमा गई आगलागि हुन सक्दछ त्यसैले पटका नपट्काउनु हाेला ।
यदि तपाइको घर, टाेल, गाउँ सहर भित्र कहि कतै आगलागी भएकाे देख्नु भएमा वा थाहा पाएकाे अवस्थामा ललितपुर महानगरपालिकाकाे जुद्ध वारुण यन्त्र (दमकल) कार्यालयलाई तुरुन्तै सम्पर्क गर्नुहाेला ।
इमर्जेन्सी फाेन नंं. १०१, ०१-५४२१११,
०१- ५४२७६४२
"आगलागी नियन्त्रण पुर्वतयारी हामी सबैकाे जिम्मेवारी"
ललितपुर महानगरपालिका
जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय
पुल्चोक, ललितपुर ।
03/11/2021
शुभ दिपावलि
हिन्दुहरुकाे महान चार्ड शुभ दिपावलि तिहार, नेपाल संवत् र छट पर्व २०७८ काे पावन अवसरमा तपाई र तपाईंकै परिवारकाे सु:स्वास्थ्य एंव समृद्धिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै काेराेना महामारीको वर्तमान अवस्थामा तपाइँ हामी सवै सचेत रहेर चार्डपर्व मनाउँ ।
ललितपुर महानगरपालिका
जुद्ध वारुण यन्त्र कार्यालय
पुल्चोक, ललितपुर ।
01/11/2021
आगलागीबाट बच्न के गर्ने ?
अबको मौसम सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ ।
आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले आगलागी हुन नदिन निम्न कुरामा ध्यान दिनु जरुरी छ :
– खाना पकाउन वा आवश्यक काममा आगोको प्रयोग होसियारीका साथ गर्नुपर्छ ।
– केटाकेटीलाई आगो प्रयोग गर्नबाट रोक्नु पर्छ ।
– सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता आगोले सजिलै सल्किने वस्तु सुरक्षित राख्ने र बालबालिकाले नभेट्ने गरी राख्ने ।
– हुरीबतास चलेको समयमा आगोको प्रयोग नगर्ने ।
– आगोको प्रयोग गरीसकेपछि अगेनु, चुलो वा आगो बालेको ठाउँमा राम्ररी पानी लगाएर आगो पूरा निभाउने ।
– चुरोट, बिँडी, सुर्ती आदि सल्काएर खाँदै नहिँड्ने वा खाँदै नखाने, खाएमा राम्ररी निभाएर मात्र त्यसका ठूटा फाल्ने ।
– वनजङ्गल छेउछाउ आगो नबाल्ने र वनमा आगो नलगाउने ।
आगलागी भइहाले के गर्ने ?
– आगलागी भएको जानकारी गाउँसमुदायसम्म राम्ररी पुग्नेगरी कराउँदै वा सिट्ठी फुकेर जनसहभागिता जुटाउने ।
– आगो फैलन नपाउँदै नियन्त्रणमा तत्कालै जुट्ने ।
– आगलागी नियन्त्रण गर्ने स्रोत, साधनको सहीरूपमा उपयोग गर्ने ।
– उपलब्ध जनशक्तिलाई लाइनबद्ध गर्ने र पानी, हरिया बोटबिरुवा, बालुवा, माटोजस्ता वस्तु एकले अर्कामा हस्तान्तरण गर्दै आगलागी भएको स्थानसम्म पु¥याउने ।
– सबैले सहयोगको भावनाले काम गर्ने ।
– स्रोतसाधन नभएका स्थानमा छेउछाउमा आगो बढ्न नदिनु नै आगो नियन्त्रणको सफलता भएकाले त्यसतर्फ ध्यान दिने ।
– आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्थाअनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाउने तथा सहयोग पु¥याउने ।
– आगोको घेराबाट निक्लन सम्भव नभएका पीडितलाई पानीले भिजेकोे कपडा दिने प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गर्ने ।
"आगलागीबाट बच्न आफू सचेत बनाै र अरुलाई पनि सचेत गराऊ"
30/10/2021
These three things must come together to create fire, so one of these three must be removed to extinguish the fire.
30/10/2021
Fire Protection System Visit.
30/10/2021
New Fire Office Building, Lalitpur