23/06/2024
Our hands are so full of 'ministry' and our hearts are so full of our images of ourselves- there seems to be little space for those daily being martyred, abused, mocked and shunned for their faith...
पिता हुन्छ भने माता पनि हुन्छ भन्नेजस्तो तर्कका पक्षपोषकहरू, फ्रेस (ए के रे, उस त एस, तर ग्रेस नपाउन सकिनेहुनाे) सहकारीमा दश वर्ष जेल काटेर छुटेकाहरू, क्यास हत्याउने दाउमा त्यसको एक चाैथाइ कारागार बास बसेकाहरू, केश पलाउने हो कि आत्मा जगाउने तेलका व्यापरी, अनैतिक केसमा कालकोठरी बसीसकेर श्वेत बनेका ठगिन्दरहरू-- अनि यस्ताहरूलाई भिण्डिकेट गर्ने प्रमोटरहरू यी दिनमा सञ्जालमा छाउँदैरहेछन् उही, आन्द्रा र बैठकका कुरा गर्दै । भन्नलाई अरूको न्याय त नगर्ने, तर माैका पाए जिउँदै कब्रिस्तनमा पुर्ने, हे हे ।
उता सेवकहरू लात मुक्का खाइरहेका छन्, आस्थाअनुरूप आराधना नगर्ने दबाव पाइरहेका छन् ।
समुदायले हेरिरहेको छ, निर्लज्ज, छली कुतर्क गरेर कसैले एकैक्षणको न्यानो मात्रै हो ।
छ ।
#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्
13/06/2024
भारतको चुनावले नेपाललाई शिकायो यस्तो शिक्षा, मोदिको पार्टि अल्पमतमा कसरि पर्यो ? Bidur Adhikari
https://www.youtube.com/watch?v=SADiU56Qk9M
#राजनीति #विश्लेषण
भारतको चुनावले नेपाललाई शिकायो यस्तो शिक्षा, मोदिको पार्टि अल्पमतमा कसरि पर्यो ? Bidur Adhikari
भारतको चुनावले नेपाललाई शिकायो यस्तो शिक्षा, मोदिको पार्टि अल्पमतमा कसरि पर्यो ? Bidur Adhikariअनलाइन चौतारी नेटवर्क द्व.....
12/06/2024
Nirbhik Tamang, 6, gone missing since February second week, is not found yet.
Now media, social and political activist come together with the family to pressurize the government to expedite the search, and rally the masses for finding Nirbhik.
सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८, देउ बहादुर मार्गबाट मिति २०८० माघ २२ गते सोमवारका दिन इलामा जिल्लाको रोङ्ग गाउँपालिका २, दूधेखोला निवासी मावलीघरमा छेमा (सानिमा) को विवाहमा सहभागी बन्न ६९ वर्षीय बाजे गोविन्द तामाङ, आमा सम्झना तामाङ, र जुम्ल्याहा बहिनीहरूका साथमा गएका ६ वर्षीय निर्भिक तामाङलाई, सानिमाको विवाहपछि २०८० माघ २५ गते छिमेकी मामली हजूरआमा दिल माया तामाङले मावली घरबाट लिएर गएको, साथमा डिल्ली डोल्मा तामाङ समेत रहेकोमा, आज चार महिना बितिसक्दा पनि निज बालकलाई फिर्ता ल्याई नबुझाएको हुँदा, निज बालक निर्भिक तामाङलाई बेपत्ता पारिएको वा अपहरण गरिएको भन्ने देखिन्छ ।
तर सम्बन्धित निकाय अर्थात् प्रहरी प्रशासनले खोजी कार्य गरेता पनि बालक पत्ता लागेको छैन ।साथै, बालक निर्भिक तामाङलाई लिएर जाने दिलमाया तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले करिब एक महिनासम्मकाे अनुसन्धान अन्तर्गत सामान्य सोधपुछ गरी छोडेको छ, जब कि निज दिलमायाले भोलिपल्टै निर्भिक तामाङलाई सर्वजनिक गर्छु भनेकी थिइन् ।
अब त्यो बालकको जिउ ज्यान, अवस्था के छ, कसले जिम्मा लिने ? के उसलाई मावली घरबाट बाहिर लिएर जानेहरूले उसलाई सकुशल फिर्ता पनि ल्याउनुपर्ने होइन ?
निर्भिक तामाङकी ९६ वर्षीय कुप्री हजूरआमा (बजु), ६९ वर्षीय बाजे गोविन्द तामाङ, बाबु विजय तामाङ, आमा सम्झना तामाङ लगायत सम्पूर्ण तामाङ परिवार गहिरो शोक तथा आँशुको पोखरीमा डुबेको छ । तर आजसम्म सरोकारवालाहरूः स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधिहरू मौन रहनुको रहस्य के हो ? के कुनै अबोध बालबालिकाको जीवन मरणको प्रश्न एक सम्भ र संवेदनशील समाज र राष्ट्रका लागि सबैको गम्भीर सरोकार बन्नुपर्ने होइन ?
#निर्भिक_तामाङ
28/05/2024
वरिष्ठ हाीय कलाकारहरू मदन कृष्ण र हरिवंशले अदालतमा विचाराधीन सिरोहियाको नागरिकता मुद्दामा उनी निर्दोष छन् भनी बोलेकोमा क्षमा मागेछन् । अस्ति उनीहरूको त्यो बाइट सुन्दा नै, उनीहरूलाई बाइट बोल्न लगाइएको महसुस भएको थियो, मा यस्तो कमेनट पनि गरेको थिएँ ।
हिजोका क्षमा माग्ने बाइटमा हरिवंशले स्वीकारे छन्ः अदालतमा विचाराधीन मुद्दामा हामी नबोल्नुपर्थ्यो, अनि मदनकृष्णले प्वाक्क खुलाएछन्ः हामीलाई बोल्न नलगाएको भए पनि हुन्थ्यो !
अर्थात्, महलाई समेत बोल्न लगाउने तागत रहेछ, कान्तिपुर, सिरोहियाको ।
यति भनिरहनुको अर्थ रबि सही छन् भन्ने मेरो भनाइ कदापि होइन ।
उनले त अझ धार्मिक शिक्षा तालिम सभा सम्मेलनमाथि नजिकबाट निगरानी र कारबाहीकै आदेश दिने धृष्टता र दुष्टता गरेकै हुन् ।
यो तुलोले बताउँछः
#महजोडी #रबि #सिरोहिया
20/05/2024
एकला एकलै एक्लिँदै,
बेग्ला बेग्लै, बेग्लिँदै ।
न सुन्ने, नसुन्ने भएपछि, उपलब्धि शून्य ।
एक सीमापरि त भेट अवश्य हुन्न ?
यसर्थ छोडेर आआफ्नै व्याख्या, आफ्नै दावी
थोरै नेगोसिएसनको स्पिरिट, अब हुनुपर्छ हावी ।
#एकता #मेलमिलाप
19/05/2024
मितिः २०८१ /०२/०६
प्रेस विज्ञप्ति
सम्वाद र सहकार्यका निम्ति वार्ता टोली गठन
संयुक्त नागरिक पार्टीको काठमाडौं उपत्यकामा उपलब्ध सचिवालय तथा संघीय (केन्द्रीय) कार्य समितिको बैठकबाट पार्टीका मुद्दा मिल्ने विभिन्न दलसँग मोर्चाबन्दी र एकताको पहलका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कार्की, उपाध्यक्ष कमल पुर्जा, महासचिव विदुर अधिकारी र सहकोषाध्यक्ष विष्णु गुरुङ सदस्य रहेको वार्ता समिति गठन गरिएको छ ।
बैठकले पार्टीहरू बिचको मोर्चाबन्दी र एकतालाई संवाद तथा छलफलद्वाराअगाडि बढाउनुकासाथै पार्टी संगठन विस्तारलाई तीव्र रूपमा अगाडि बढाउने र पार्टीको विभागीय जिम्मेवार नेतृत्वलाई आ-आफ्नो जिम्मेवारीलाई सशक्त रूपमा कार्यान्वयनमा लैजान परिचालन गर्ने निर्णय समेत गरेको छ ।
यस बिचमा राष्ट्रिय राजीतिमा उत्पन्न तरलता, सरकारका कतिपय मन्त्रीहरूको भ्रष्टता र दमनकारी नीति लगायत मामिलाप्रति चनाखो रहँदै, खबरदारी गर्ने र आइपर्ने जस्तोसुकै राजनीतिक संकट सामना गर्नको लागि सहआस्थाका दलहरूमाझ सहकार्यका लागि पार्टी पूर्ण रूपमा तयर रहने समेत बैठकले निर्णय गरेको छ ।
यसर्थ आम नागरिक तथा पार्टी पङ्तिमा नयाँ शीराको बृहत् राजनीतिक प्रयत्नमा साथसमर्थन दिनुहुन अनुरोध गर्दछौं ।
धन्यवाद ।
- विदुर अधिकारी, महासचिव
संयुक्त नागरिक पार्टी, संघीय सचिवालय
#सनापा #संयुक्त_नागरिक_पार्टी #विज्ञप्ति #वार्ताटोली
17/05/2024
A note on dialogues for collaboration:
हरेकलाई विशेष वरदान, सिप, क्षमता, दक्षता, सामर्थ्य दिइएको हुन्छ ।
एकै व्यक्ति, शक्ति, संघसंस्था, समुदाय, राष्ट्र सर्वगुण सम्पन्न हुँदैन, नत्रता त्यो सिद्ध बनिहाल्छ, र ईश्वरत्वको अहंकार पाल्नेछ ।
यसर्थ एकापसका सबलता अंगिकार गर्दै, कमिकमजोरी स्वीकार गर्दै, मेलमिलापको नीति लिएर, सहआस्था, समान मूल्यमान्यता, र लोकातन्त्रिक कित्ताकाटमा रहेका दल बल शक्ति व्यक्ति समुदाय अभियान मञ्च प्रयत्न आन्दोलन माझमा सहकार्यको मार्ग प्रशस्त गर्न वार्ता सम्वाद उचित छ ।
It takes all to form an impactful movement, campaign or a political force.
Dialogue among those with shared values (pro-life, pro-family peace), faith and republicanism, is most desirable.
08/05/2024
शान्ति र सदभाव, सहकार्य र मिलाप ।
Peace and amity, collaboration and harmony for shared cause is most desirable.
Hopeful for a unified movement on the political front, and a collaborative approach on the campaign lawn.
24/04/2024
Dakendra Singh Limbu डकेन्द्र थेगिमको पक्षमा जन लहर
https://www.youtube.com/watch?v=rxAc1glq9kc
इलाम क्षेत्र नं २ उपनिर्वाचनः पुराना पहिचाहन विरोधी, नयाँ चटके संघीयता विरोधी, र स्वतन्त्र तथा पहिचान पक्षधर बिचको त्रीपक्षीय भिडन्त हो ।
व्यापक जनलहर, विभन्न दलहरूको समेत समर्थन पहिचानको प्रदेशको कारण, Dakendra Singh Limbu डकेन्द्र सिं लिम्बु थेगिमको पक्षमा जन लहर छाएको छ, उहाँको जित हुनेछ ।
#डकेन्द्रसिंलिम्बु #थेगिम #डकेन्द्रथेगिम
https://www.youtube.com/watch?v=rxAc1glq9kc
15/04/2024
मितिः २०८१/०१/०३
ऐक्यवद्धताका लागि आह्वान
विषयः गृह मन्त्रालयद्वारा प्रेषित धार्मिक समुदायमाथि निगरानी र कारबाही आदेश सम्बन्धमा
उपर्युक्त सम्बन्धमा, मिति २०८०/१२/२५ गते गृह मन्त्रालयबाट “आवश्यक कारबाही सम्बन्धमा” विषय राखी पत्र संख्या २०८०/०८१/०७ मार्फत देशका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई जारी गरिएको “धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथ संस्थाहरूले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने गरेको र ...त्यस्ता कानून विपरीतका गतिविधिहरूको सुक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्नुहुन आदेशानुसार अनुरोध छ” भन्ने व्यहोराको परिपत्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्भाव्य रूपमा अवाञ्छित क्रियालकप निगरानी र नियमन गर्न खोजिएको जस्तो देखिए तापनि, वास्तवमा यो परिपत्र अल्पसंख्य धार्मिक समुदायमाथि निगरानी र नियन्त्रण, दमन र उत्पीडनका लागि औजारका रूपमा दुरूपयोग गरिने बदनियतसाथ आएको कुरा सहजै बुझ्न सकिन्छ ।
यसर्थ धर्म निरपेक्षता तथा आस्था विचार अभिव्यक्तिको स्वतन्त्रताको मर्म विपरीतको यस्तो आदेश बिनाशर्त तुरून्त फिर्ता लिन अनि सबै धार्मिक समुदायलाई स्वतन्त्र रूपमा आफ्ना शिक्षा दीक्षा, प्रशिक्षण, संगति, आरधाना लगायतका कार्यक्रम र क्रियाकलाप सञ्चालन गर्न पाउने वातावरण कायम राख्न गृह मन्त्रालय तथा नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं ।
साथै यही मिति २०८१/०१/०५ गते ठिक १:०० बजे माइतीघर मण्डलामा उपत्यकाका सम्पूर्ण मण्डली समुदाय लगायत संघसंस्था, सञ्जाल तथा धार्मिक स्वतन्त्रता पक्षधरहरूको संयुक्त सरोकार र धारणा अभिव्यक्तिका लागि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिँदैछ ।
यसर्थ उक्त कार्यक्रममा यहाँको सक्रिय उपस्थिति र सहभागिताका लागि यसै पत्रमार्फत अनुरोध गर्दछौं ।
धन्यवाद ।
-विदुर अधिकारी, धार्मिक स्वतन्त्रता अभियन्ता तथा
संयोजक, संयुक्त सरोकार अभियान
-Bidur Adhikari, United Concern Campaign