National Herbarium and Plant Laboratories, Nepal - NHPL
Plant science
28/10/2023
Prof. Dr. Ralph Mitlöhner, Prof. Dr. Dirk Hölscher, and the team from the Georg August University of Göttingen, Germany, have visited the National Herbarium and Plant Laboratories, (KATH) Godawari, Lalitpur, Nepal.
The team was welcomed by respected Dr. Rajendra KC, Director General of the Department of Plant Resources (DPR), Thapathali, and Subhash Khatri, Chief of the National Herbarium and Plant Laboratories, (KATH) Nepal, Godawari.
An introductory presentation of National Herbarium and Plant Laboratories, Nepal was given by Subhash Khatri, after which the team had a short visit to the Herbarium/Xylarium.
13/10/2023
सन् १९८६ मा तात्कालिन Department of Medicinal Plants (हाल Department of Plant Resources) बाट प्रकाशित "Flora of Kathmandu Valley" नेपालका वानस्पतिक सम्पदाहरुको अध्ययन अनुसन्धानमा रुची राख्ने सम्पूर्णका लागि एउटा ऐतिहासिक पुस्तक हो। काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा पाइने सम्पूर्ण फूल फुल्ने तथा फूल नफुल्ने वनस्पतिहरुको नमुना संकलन, पहिचान र हर्वेरियम नमुनाहरु बनाई सुरक्षित साथ राख्ने र सूची तयार गर्ने उद्देश्यका साथ यस आर्थिक वर्ष २०८०/०८१ बाट Flora of Kathmandu Valley को Revision गर्ने कार्यको सुरुवात गरिएको छ।
सो ही क्रममा मिति २०८० असोज २२ गते सोमबारका दिन फुलचोकी क्षेत्रको फिल्ड अध्ययन तथा वनस्पति प्रजातिहरुका नमुना संकलन गर्दाका केही तस्वीरहरु।
01/10/2023
Notice for the Letter of Intent for contributing to the Flora of Nepal.
17/08/2023
नेपालमा पाइने अति विषालु च्याउहरु
11/07/2023
गोदावरीमा बन्ने भयो हर्बेरियम भवन २५ असार । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले गोदावरी नगरपालिका ३ मा निर्माण हुन लागेको नयाँ हर्बे....
11/07/2023
मिति २०८०, आषाढ २५ गते सोमबारका दिन नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री डा. विरेन्द्र प्रसाद महतोज्यूको प्रमुख आतिथ्यमा; ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय श्री उदय शम्शेर ज. व. रा.ज्यू, ललितपुर क्षेत्र नं १ (क)का वाग्मती प्रदेश सभा सदस्य माननीय श्री मधु सुदन पौडेलज्यू तथा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिव डा. रेवती रमण पौडेलज्यूको विशेष आतिथ्यमा; वनस्पतिशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुख प्रा. डा. संगिता राजभण्डारीज्यू, गोदावरी नगरपालिकाका नगर उपप्रमुख श्री मुना अधिकारीज्यू तथा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री सानु राजा घिमिरेज्यूको आतिथ्यमा; वन तथा वातावरण मन्त्रालयका सहसचिवज्यूहरु, महानिर्देशकज्यूहरु, उपमहानिर्देशकज्यूहरु, केन्द्र प्रमुखज्यूहरु, वनस्पति विभागका पूर्व महानिर्देशकज्यूहरु, प्राध्यापकज्यूहरु, वनस्पति विज्ञज्यूहरु, तथा आमन्त्रित विशिष्ट महानुभावज्यूहरुको उपस्तिथिमा अत्याधुनिक हर्वेरियम भवनको शिलान्यास सु-सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष वनस्पति विभागका श्रीमान् महानिर्देशक डा. राजेन्द्र के. सी.ज्यू, वनस्पति विभागका उपमहानिर्देशक श्री मोहन देव जोशीज्यू, योजना अधिकृत श्री संगिता स्वाँरज्यू, वरिष्ठ उद्यान अधिकृत श्री दिपक लामिछानेज्यू तथा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावज्यूहरुमा राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका कार्यालय प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत श्री सुभाष खत्री तथा यस राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी परिवारका तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौ।
22/06/2023
वनस्पति विभागका श्रीमान् महानिर्देशक डा. राजेन्द्र के. सी. ज्यूले आज मिति २०८०/०३/०७ गते राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीको अवलोकन भ्रमण तथा निरीक्षण गर्नुभयो।
श्रीमान् महानिर्देशक ज्यूले यस कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गर्नुका साथै आगामी दिनमा पनि वनस्पति अनुसन्धानका कार्यहरूलाई प्रतिबद्धताका साथ अगाडि बढाउन मार्गदर्शन प्रदान गर्नुभएको छ।
19/06/2023
Gorkhapatra 04/02/2080
09/06/2023
आर्थीक प्रस्ताव खोल्ने सम्वन्धी सूचना, २०८०्/०२्/२६
http://kath.gov.np/general_notice
23/04/2023
Amendment / clarification notice
http://kath.gov.np/general_notice
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Godawari
Lalitpur
44709
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
