जापानमा करियर बनाउन चाहने विदेशी विद्यार्थीहरूका लागि राम्रो अवसर✨
Practical Business Japanese & Career Development Course; ओसाका प्रिफेक्चर र अन्तर्राष्ट्रिय विद्यार्थी रोजगार सहायता कन्सोर्टियम SUCCESS द्वारा आयोजना गरिएको FREE सेमिनार कार्यक्रम ✨
यो कार्यक्रममा जापानी कम्पनीमा काम गर्न आवश्यक पर्ने तल उल्लेखित सीप हरू सिक्न सकिन्छ। :
✅ Business Japanese
✅ Career Planning
✅ Self Analysis
✅ Communication Skills
✅ Job Hunting Preparation
✅ Problem Solving Skills
साथै AI प्रयोग गरेर job hunting र future career दुवैमा उपयोगी हुने सीपहरू विकास गराइनेछ।
लक्षित व्यक्तिहरूः
सेनमोन गाक्को तथा विश्वविद्यालयमा स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका ओसाका क्षेत्रमा जागिर खोज्न चाहने विदेशी विद्यार्थीहरू
स्थानः
Kansai University Umeda Campus 701
(Osaka-shi Kita-ku Tsurunocho 1-5)
अथवा
Online: Zoom
मिति र समयः
प्रत्येक सेमिनार 17:00〜19:00
5/8 (शुक्रबार)
विश्वास जित्ने बिजनेस जापानिज भाषाको आधारभूत ज्ञान
5/15 (शुक्रबार)
करियर डिजाइन (आफुलाई चिन्ने र कम्पनि छान्ने)
5/22 (शुक्रबार)
आफ्नो धारणा, प्रश्न र ब्याख्या कसरी राम्रोसँग व्यक्त गर्ने भन्ने बारेमा
5/29 (शुक्रबार)
Job Hunting का लागि आफ्नो ब्यवस्थापन, बिभिन्न जानकारीहरू र Action Plan बनाउने तरिका
6/5 (शुक्रबार)
केस स्टडी मार्फत समस्या समाधान र कम्युनिकेशन
सम्पर्क:
[email protected]
तल दिइएको QR कोड लिंकबाट आवेदन दिनुहोस्ः
https://www.pref.osaka.lg.jp/documents/35736/0508-0605leafpdf.pdf
जापानमा राम्रो करियर बनाउन चाहने विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी कार्यक्रम हो। छिट्टै apply गर्नुहोस्!
#留学生
Nepal-Japan Career and Start-up Support, JICA
We provide Nepalese migrants in Japan and those who returned from Japan with information on career development and entrepreneurship.
03/05/2026
We conducted an IT tools training for business use:
📍 Kathmandu – April 16 (5 participants)
📍 Chitwan – April 20 (3 participants)
The training consisted of three practical modules:
・How to use ChatGPT for immediate business application
・How to create Google Maps listings that attract and bring in customers
・How to create short videos that catch customers’ attention
All modules were hands-on. Participants used their own smartphones to practice using ChatGPT, create their business listings on Google Maps, and produce short videos.
Many participants already had some experience using these tools individually. However, they shared that through this training, they were able to learn concretely how to apply these tools to their businesses.
The project will continue to refine the training content and offer this program to PI training graduates. We will share updates once the next training schedule and location are confirmed.
01/05/2026
सानो व्यवसाय वा Startup गर्दै हुनुहुन्छ? यो जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ👇
अब कृषि विकास बैकले ल्याएको छ......................
साना तथा मझौला व्यवसाय कर्जा — तपाईंको सफलताको बाटो
सानो व्यापार होस् वा ठूलो योजना
Startup देखि विस्तारसम्म
विशेषताहरु :
✅ सहज कर्जा प्रक्रिया
✅ आकर्षक ब्याजदर
✅ व्यवसाय अनुसार लचिलो सुविधा
आज लगानी, भोलि आम्दानी!
थप जानकारीकाे लागि नजिकको ADBL शाखामा आजै सम्पर्क गर्नुहोस्
#साझा_समृद्धिका_लागि_सबैको_रोजाईको_बैंक
#कृषि_विकास_बैंक_लिमिटेड
18/04/2026
📢 जापानमा करियर बनाउन इच्छुक विद्यार्थीहरूका लागि महत्वपूर्ण जानकारी
हामी यहाँ जापानको एक प्रमुख कम्पनीले खुलाएको रोजगार अवसरको जानकारी दिएका छौं। विविध क्षेत्रमा करियर विकास गर्न चाहने युवाहरूका लागि यो उपयोगी अवसर हुन सक्छ।
मुख्य विशेषताहरू
✔धेरै सेवाहरू र विभिन्न पदहरू
✔विभिन्न विभागमा काम गर्ने सम्भावना
✔दीर्घकालीन करियर विकासको अवसर
आवेदन गर्न योग्य व्यक्तिहरू
✔२०२६ अक्टोबरमा काम सुरु गर्न चाहने र २०२६ सेप्टेम्बर ३० भित्र विश्वविद्यालय वा स्नातकोत्तर पूरा गर्ने
✔२०२७ अप्रिलमा काम सुरु गर्न चाहने र २०२७ मार्च ३१ भित्र विश्वविद्यालय वा स्नातकोत्तर पूरा गर्ने
✔नयाँ वा हालै स्नातक भएका तथा ३ वर्षभन्दा कम कार्य अनुभव भएका व्यक्तिहरू
✔व्यवसायिक स्तरको जापानी भाषा क्षमता भएका
उपलब्ध कोर्सहरू
☆बिजनेस जनरल कोर्स
☆FinTech क्षेत्र सम्बन्धी कोर्स
☆डिजाइन तथा UX सम्बन्धी कोर्स
☆मार्केटिङ सम्बन्धी कोर्स
छनोट प्रक्रिया
☆ Personal page दर्ता
☆आवेदन फारम, शैक्षिक विवरण, ट्रान्सक्रिप्ट पेश तथा अनलाइन जाँच
☆अनलाइन अन्तर्वार्ता
☆अन्तिम नतिजा सूचना
आवेदन अन्तिम मिति
२०२६ अप्रिल २१ बिहान ८:५९ बजे जापान समय
रुचि भएका योग्य व्यक्तिहरूले समयमै आवेदन दिनुहोस्।
新卒採用(ビジネス職) | 新卒採用 | 楽天グループ株式会社 楽天グループ株式会社の新卒採用情報。新卒採用(ビジネス職)の募集要項についてご紹介します。
Job Hunting Step up सेमिनार📢
जापानमा पढ्दै हुनुहुन्छ? जागिर खोज्दै हुनुहुन्छ?
विदेशी रोजगार सेवा केन्द्रद्वारा आयोजना गरिएको उपयोगी सेमिनार
यो निःशुल्क छ, नछुटाउनुहोस्।
April 21 (Tue) – आवेदनको उद्देश्य(志望動機) कसरी लेख्ने
April 23 (Thu) – अन्तर्वार्ताको अभ्यास
समय-13:30–15:30
N2 लेबलको जापानी चाहिन्छ।
स्थानः
Foreign Residence Support Center(FRESC) Yotsuya, Tokyo
📞Apply: 03-5361-8722
जापानमा करियर सुरु गर्न चाहने विद्यार्थीहरूले यस्ता आवस्यक सीप सिक्नुपर्ने हुन्छ। थप जानकारी तलको लिंकमा हर्नुहोस् र आवेदन गरेर सहभागी हुनुहोस्।
JICA CDE Project को तर्फबाट नमस्ते तथा कोन्निचिवा (Konnichiwa)!
हामी तपाईंहरूलाई यो जानकारी गराउन पाउँदा खुशी छौं कि, हाम्रो प्रोजेक्टले जापानबाट नेपालमा फर्केर ब्यवसाय गरिरहेका व्यवसायीहरुलाई "व्यवसाय वृद्धि गर्नको लागि AI तथा डिजिटल उपकरणहरूको प्रयोग" शीर्षकमा एक तालिम कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
यस तालिमको उद्देश्य भनेको डिजिटल प्रविधिहरूको प्रयोग मार्फत व्यवसाय विकासका लागि आवश्यक व्यावहारिक ज्ञान तथा सीपहरू अभिवृद्धि गर्नु हो । विशेष रूपमा, यस तालिम जेनेरेटिभ AI (ChatGPT), Google Maps, तथा छोटो भिडियो सामग्री (जस्तै Reels) जस्ता टुल्सहरूको प्रयोगसम्बन्धी व्यावहारिक अभ्यासमा केन्द्रित हुनेछ, जसले बजारको पहुँच, प्रवर्द्धन, तथा कार्य सञ्चालनको प्रभावकारिता बढाउन सहयोग पुर्याउँछ ।
अन्तरक्रियात्मक सेसनहरू तथा व्यावहारिक अभ्यासमार्फत सहभागीहरूले यी टुल्सहरूलाई आफ्नो व्यवसायमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सिक्ने अवसर प्राप्त गर्नेछन्।
तालिमको विवरण निम्नानुसार रहेको छः
Module A: आफ्नो व्यवसायमा AI को प्रयोग सबै सहभागीका लागि अनिवार्य छ भने
Module B: Google Maps मा आफ्नो व्यवसाय सूचीकृत गर्ने र
Module C: छोटो भिडियो बनाउने मा सहभागिता वैकल्पिक (optional) रहेको छ।
सहभागीहरूलाई तालिम लिनु अगिनै (अग्रिम रूपमा) Google Account बनाउनुहुन अनुरोध गरिन्छ।
जसले बनाउन सक्नुहुन्न, उहाँहरूले प्रोजेक्ट टिमको सहयोगमा बनाउन सक्नु हुनेछ जसको लागि तालिम सुरु हुनुभन्दा ३० मिनेट अगाडि उपस्थित हुन अनुरोध गरिन्छ।
मिति: १६ अप्रिल २०२६ (बिहिबार ); २०७३ बैशाख ३ गते
तालिममा हाँजिर भै सक्नु पर्ने समय: बिहान ९:३० बजे
तलिमको समय (तलको अनुसार बिहान १० बजे देखि ३ बजेर १० मिनेट सम्म )
१. Module A : १०:०० – ११:३०
२. Module B : ११:४० – १३:१०
३. Module C : १३:४० – १५:१०
स्थान: CDE Project Office, खुमलटार, ललितपुर
(तालिममा सहभागिहरु कुनैपनि ब्यबसायमा संलग्न भएको हुनु पर्नेछ )
हामी विश्वास गर्दछौं कि यस तालिमले तपाईंहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न तथा परिवर्तनशील डिजिटल वातावरणसँग अनुकूल हुन महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
यदि तपाईं यस तालिममा सहभागी हुन इच्छुक हुनुहुन्छ भने, प्रोजेक्टको फेसबुक मेसेन्जरमा मेसेज गर्नुहोस या तल उल्लेखित सम्पर्क व्यक्तिलाई अप्रिल १२ (आइतबार) भित्र फोनमार्फत सम्पर्क गरेर पनि, आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ ।
पूजा अधिकारी
मोबाइल: ९८२६१०३७३२
तालिममा यहाँहरू सबैसँग भेटघाट हुने प्रतीक्षामा छौँ।
07/04/2026
Mr. Khum, a returnee from Japan living at Rupandehi, keeps 100 beehives (at NPR 10,000 per hive) and produces about one ton of honey annually, generating an income of NPR 1,000,000. ルパンデヒに住む還流人材のクムさんは、巣箱100個(1個1万ルピー)で蜂蜜を作り、年間百万ルピーの収入をあげています。
📢जापानमा बस्ने विदेशी बासिन्दाहरूको आवाज सुन्नको लागि Intercultural Association of Japan(ICAJ)ले एउटा महत्त्वपूर्ण सर्वेक्षण गर्दैछ।
ICAJ ले "Foreign Resident Listening Initiative -Japan 2026" अन्तर्गत तपाईंको अनुभव र विचारहरू जान्न चाहन्छ। यस सर्वेक्षणको उद्धेश्य जापानमा विदेशीहरूको लागि राम्रो वातावरण बनाउन र भविष्यका नीतिहरू सुधार गर्न मद्दत गर्नु हो।
यो सर्वेक्षण पूर्ण रूपमा गोप्य हुनेछ र यो भर्न लगभग ३ मिनेट मात्र लाग्नेछ।
कृपया तलको लिङ्क मार्फत सर्वेक्षणमा सहभागी हुनुहोस्:
https://www.surveymonkey.com/r/2QXBGV6
थप जानकारीको लागि यो भिडियो पनि हेर्न सक्नुहुन्छ:
🎥https://www.youtube.com/shorts/074IDVG8OVI
27/02/2026
📢 जापानबाट फर्किएका व्यक्तिहरूका लागि करियर विकासको अवसर 📢
📝 तालिम क्षेत्र: जुनियर बिल्डिङ इलेक्ट्रिसियन
📍 स्थान: भरतपुर, चितवन
🏢 तालिम प्रदायक: E.A.T.A.I. and Agro Trainers Private Limited
🗓️ अवधि: २०२६-०३-०८ देखि २०२६-०५-१९ सम्म (३९० घण्टा)
📥 फारम बुझाउने अन्तिम मिति: २०२६-०३-०५
💵 तालिम शुल्क: रु. १६,५००
नोट: यो तालिम CTEVT-सम्बद्ध संस्थामार्फत सञ्चालन गरिनेछ।
थप जानकारीको लागी तलको लिंकमा थिच्नु होस ।
Junior building Electrician Junior building Electrician Jayabuddha-18,Chitawan 390hr Engineering,Electronics/Electrical Hurry Up!!! Jr. Building Electrician Training Provider : E.A.T.A.I. and Agro Trainers Private Limited Training Type : paid Start Date: 2026-03-08 End Date: 2026-05-19 Form Submission Deadline: 2026-03-05 Qu...
📢 विदेशी विद्यार्थीहरूका लागि रोजगार अवसर!
जापानमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूका लागि Job Fair आयोजना हुँदैछ।
मिति: १० मार्च २०२६ (मंगलबार)
समय: १:०० बजे देखि ४:३० बजे सम्म
स्थान: विंक आइची (Aichi Sangyo Rodo Center) ७ औं तला
नागोया शहर, आइची प्रिफेक्चर
प्रवेश निःशुल्क
जुनसुकै वर्षमा अध्ययन गरिरहेका विद्यार्थीले पनि भाग लिन सक्नेछन्।
सहभागि हुन पाउने व्यक्ति:
• हाल विश्वविद्यालय, जुनियर कलेज, प्राविधिक कलेज, व्यावसायिक विद्यालय र जापानी भाषा विद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीहरू र
• ग्राजुयशन भइसकेका (३ वर्षभित्र) विदेशी विद्यार्थीहरू
करिब ५२ वटा कम्पनीहरू सहभागी हुने अपेक्षा गरिएको छ।
(मेडिकल, निर्माण, आईटी, होटल, रेस्टुरेन्ट, उत्पादन, व्यापार, शिक्षा, र अन्य धेरै क्षेत्रहरू)
आवेदन अन्तिम मिति: ९ मार्च २०२६, दिउँसो १:०० बजे सम्म
पहिले नै अनलाइन दर्ता गर्न आवश्यक छ।
📞 थप जानकारीका लागि:
नागोया विदेशी रोजगारी सेवा केन्द्र
TEL: 052-855-3770
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
ललितपुर-४४७००, खुमलटार हाइट, सिभिल होम्स् घर नं. ७३ (AITM कलेज सँगै) Lalitpur-44700, Khumaltar Height, Civil Homes House Number 73 (Next To AITM College)
Lalitpur
