28/05/2026
हराएका मोबाईल सम्बन्धित धनिलाई बुझाईएको
******************************************
बिभिन्न मितिमा मोबाईल हराएको भनी यस कार्यालयमा निवेदन दिएको हुँदा खोजतलास गरी मोबाईल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको ।
20/05/2026
स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
****************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च. नं. ७०८६ मिति २०८३।०२।०१ गतेको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंह लाई स्वागत तथा यस कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत मायाको चिनो प्रदान गरी स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको ।
01/05/2026
लागु औषध सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न
**************************
मिति २०८३।०१।१८ गते यस प्रहरी वृत्त सातदोबाटो ललितपुर, जिल्ला ट्राफिक प्रहरी परिसर ललितपुर र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुक्त आयोजनामा यस कार्यालयको हाताभित्र समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्ध एक्यवद्धता” को नारा सहित प्रहरी वृत्त सातदोबाटो ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दको प्रमुख आतिथ्यतामा विभिन्न संघ सस्था र सरोकारवालाको उपस्थितिमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न ।
उक्त व्यानर मिति २०८३ साल वैशाख देखि असार सम्म प्रहरी वृत्त सातदोबाटो ललितपुरको हाता भित्र हस्ताक्षरको लागि राखिएको ।
25/04/2026
ठगी हुनबाट बच्नुहोस् ।
#नेपालप्रहरी
25/04/2026
सरसफाई कार्यक्रम सम्पन्न
******************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०१।१२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुर र ललितपुर चक्रपथ महानगर सफाई अभियानको आयोजनामा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १५ ताल्छिखेल देखी महालक्ष्मीस्थान चोकसम्म चक्रपथ सडकखण्डमा सरसफाई कार्यक्रम सम्पन्न भएको ।
24/04/2026
स्कुटर फेला पारी सम्बन्धीत धनीलाई जिम्मा लगाईएको
********************
मिति २०८३।०१।०२ गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धि स्थित कर्मनाशा खोला करिडोरबाट बा ४२ प ९००० नं. को कालो रङको DIO स्कुटर हराएको भनि देवेन्द्र महर्जनले यस कार्यालयमा निवेदन दिएकोमा यस कार्यालय तथा मातहत कार्यालयबाट खोजतलास भईरहेकोमा आज मिति २०८३।०१।११ गते प्रहरी प्रभाग धापाखेल ललितपुरबाट प्र.स.नि. मोहनदेव जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २३ स्थित रातोघर नजिकै सडक खण्डमा वेवारिसे अवस्थामा फेला पारी सम्बन्धीत धनिलाई जिम्मा लगाईएको ।