Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका

Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका

Share

कृषि, पर्यटन, सँस्कृति, वातावरण र पूर्वाधार : सुशासन युक्त, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार

02/06/2026

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य वीमा सम्बन्धी सूचना

Photos from Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका's post 01/06/2026

कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा “स्तनपान तथा स्थानीय पोषणयुक्त खानाको उपभोग” सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
हिमशिखर आमा स्वास्थ्य समूह,उन्यौचौर अन्तर्गतका सुनौलो हजार दिनका आमाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा स्तनपानको महत्व तथा स्थानीय पोषणयुक्त खानाको उपयोगबारे जानकारी प्रदान गरिएको थियो।

Photos from Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका's post 01/06/2026

छात्रवृत्ति कार्यक्रमका लागि आवेदन आहृवान सम्बन्धी सूचना !!!

27/05/2026
Photos from Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका's post 26/05/2026

मिति २०८३ जेष्ठ १२ गते जिल्ला प्रशासन कार्यालय तथा महानगरीय प्रहरी बृत्त चापागाउँको आयोजनामा कोन्ज्योसोम गाउँपालिकाको समन्वयमा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसन न्यूनीकरण, यसको असर, रोकथामका उपाय तथा युवाहरूको भूमिका सम्बन्धी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

Photos from Konjyosom Rural Municipality कोन्ज्योसोम गाउँपालिका's post 23/05/2026

📢 **स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न**

🏥 कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा मिति २०८३/०२/०७ र ०८ गते नल्लु तथा भारदेउमा एकीकृत प्रजनन रुग्णता सेवाअन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा आङ्ग खस्ने समस्यासम्बन्धी विशेषज्ञद्वारा परीक्षण तथा उपचार स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

🔎 शिविरमा VIA Positive देखिएका २ जना महिलामध्ये
✅ १ जनाको उपचार गरिएको
➡️ १ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।

🧪 साथै, VTM Sample Collection गरी ९७ जनाको नमुना परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाउने कार्य समेत सम्पन्न गरिएको छ।

🙏 शिविर सफल बनाउन सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक तथा सहभागी सम्पूर्ण महानुभावहरुप्रति कोन्ज्योसोम गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Konjyosom Rural Municipality
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00