Local Development Training Academy (LDTA)

Local Development Training Academy (LDTA)

Share

LDTA was established as an autonomous body on 4th Ashwin 2050 B.S. It was established under the Loca

The mission of the Academy at present is to "Enable the Local Authorities to efficiently cater the needs and demands of its citizens by strengthening institutional and Managerial Capabilities through human resources development."

Photos from Local Development Training Academy (LDTA)'s post 26/02/2026

स्थानीय विकास प्रशिक्षण प्रतिष्‍ठान जावलाखेल ललितपुर र तमानखोला गाउँपालिका बागलुङको संयुक्त आयोजनामा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिवसीय प्रशिक्षण समापन भएको छ । प्रशिक्षणमा जनप्रतिनिधि र कर्मचारी गरी ७० जनाको उपस्थिति रहेको थियो । सक्रिय सहभागिताका लागि गाउँपालिकाको राजनीतिक तथा प्रशासकीय नेतृत्व र सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुप्रति हार्दिक आभार ।।

Photos from Local Development Training Academy (LDTA)'s post 25/02/2026

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बीरगञ्ज महानगरपालिकाको कार्यालयको सहयोगमा बीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौं तहका कर्मचारीहरूका लागि मिति २०८२ माघ २५ गतेबाट सञ्चालनमा रहेको ३२ कार्यदिनको "विकास व्यवस्थापन तथा व्यावसायिकता प्रवर्द्धन विषयक सेवाकालीन प्रशिक्षण"का केही झलकहरू

Photos from Local Development Training Academy (LDTA)'s post 10/02/2026

कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालिन प्रशिक्षण धरान उपमहानगरपालिकामा कार्यरत सहायक स्तर पाचौ र चौथो तहका कर्मचारीहरुका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र धरान उपमहानगरपालिकाको आयोजनामा मिति २०८२ पौष १६ गतेदेखि माघ २२ गतेसम्म धरान सुनसरीमा सञ्चालन भएको थियो । प्रशिक्षण कार्यक्रमको शुभारम्म मिति २०८२ साल पौष १६ गते धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राईले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा नगरपालिकाका विभिन्न सेवा समुहका सहायक स्तरका २८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त ३२ कार्यदिनको सेवाकालिन प्रशिक्षण कार्यक्रमको समापन मिति २०८२ माघ २२ गते का.वा. नगर प्रमुख श्री आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री कानुन लाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अम्विका प्रसाद चौलागाई, सुशासन समितिका संयोजक एवं वडाध्यक्ष श्री मुरारी प्रसाद भट्टराइ साथै महाशाखा प्रमुखहरुको समापन कार्यक्रममा उपस्थिति रहेको थियो ।

01/02/2026
Photos from Local Development Training Academy (LDTA)'s post 28/01/2026

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत सहायकस्तरका कर्मचारीहरूका लागि सेवाकालिन प्रशिक्षण शुभारम्भ भएकाे छ ।

Photos from Local Development Training Academy (LDTA)'s post 28/01/2026

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा मिति २०८२ पुस १ गतेदेखि सञ्चालन भएको संघमा कार्यरत रापअनं प्रथम र द्वितीय श्रेणी, प्रदेश र स्थानीय तहमा कार्यरत सहयकस्तर पाँचौ र चौथो तहका ४ समूहमा १२५ जना कर्मचारीहरूका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३२ कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको कार्यकारी निर्देशक कानुन लाल चौधरीले प्रमाणपत्र वितरण गर्दै मिति २०८२ माघ १३ गते सम्पन्न ।

Photos from Local Development Training Academy (LDTA)'s post 07/01/2026

ताराखोला गाउँपालिका, बागलुङ

Photos from Local Development Training Academy (LDTA)'s post 24/12/2025

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा सचिवहरूका लागि लागत साझेदारीमा मिति २०८२ पुस ८ गतेदेखि "प्रभावकारी सेवा प्रवाह तथा कार्यालय व्यवस्थापन" विषयक ५ दिने क्षमता विकास प्रशिक्षण सिमरा, बारामा शुभारम्भ भएको छ । कार्यक्रममा २७ जनाको सहभागिता रहेको छ ।

Photos from Local Development Training Academy (LDTA)'s post 24/12/2025

प्रदेश र स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि मागमा आधारित भई मिति २०८२ कात्तिक ३० गतेबाट जीतपुरसिमरा उपमहानगरपालिका, बारामा सञ्चालन भएको "नेतृत्व विकास तथा सुशासन प्रवर्द्धन" विषयक ३२ कार्यदिनको सेवाकालीन प्रशिक्षण मिति २०८२ पुस ७ गते जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शान्ति राज प्रसाईको उपस्थितिमा भव्यताका सम्पन्न भएको छ ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Damodar Marg, Jawalakhel, Lalitpur. Next To Steel Tower
Lalitpur
P.O.BOX11980

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00