फरार प्रतिवादी पक्राउ
********************
बैना रकम फिर्ता मुद्दाका फरार प्रतिवादी जिल्ला ललितपुर महालक्ष्मी नं.पा. वडा नं. ४ कमलपोखरी वस्ने वर्ष ५६ को बाबु काजी महर्जन लाई २ ( दुई ) वर्ष कैद फैसला भए वमोजिम निज प्रतिवादीलाई मिति २०८३।०२।१८ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित अदालतमा पेश गरिएको ।
District Police Range, Lalitpur
Welcome to District Police Range, Lalitpur Official page. For emergency call 100.
01/06/2026
चोरीको ल्यापटप सहित मानिस पक्राउ
**********************************
मिति २०८३।०२।१४ गते अ.१५:१० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल स्थित गणेश मन्दिर नजिकको घरबाट २ थान ल्यापटप र नगद समेत चोरी भएको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी परिसर मातहत प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरी टोलीले चोरी भएको १ थान ल्यापटप सहित चोरी कार्यमा संलग्न निम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई थप भई अनुसन्धान भई रहेको ।
निम्न:-
पक्राउ परेका ब्यक्तीहरु
१) जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १० घर भई हाल जि. ललितपुर ल.पु.म.न.पा. वडा नं. १ बस्ने वर्ष २१ को अमन परियार
२) जिल्ला नुवाकोट विदुर न.पा. वडा नं. २ घर भई हाल का.जि. थापाथली बस्ने वर्ष १७ को नजर थापा मगर
३) जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं. १ घर भई हाल का.जि. थापाथली बस्ने वर्ष २१ को रन्जन कापर ( चोरीको ल्यापटप किन्ने )
बरामद दशीहरु:-
१) HP कम्पनीको Laptop थान- १ र Dell कम्पनीको Laptop थान-१
29/05/2026
भारी मात्रामा लागु औषध सहित कारोवारी पक्राउ
*******************************************
मिति २०८३।०२।१३ गते ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ बस्ने उमेश भन्ने संजिव श्रेष्ठले आफ्नो डेराकोठामा अवैध लागू औषध खरिद बिक्री गरी लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउबाट निम्न अनुसारको लागू औषध सहित कारोवारीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत ललितपुरबाट १० दिन म्याद थप भई अनुसन्धान भईरहेको ।
निम्न :-
नियन्त्रणमा लिएको मानिसको बिवरण :-
१) जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ स्थित नहर बस्ने वर्ष २४ को उमेश भन्ने संजिव श्रेष्ठ ।
बरामद लागू औषध तथा दशी प्रमाणहरु :-
१) ट्रामाडोल १४६५ क्यापसुल
२) डाईजेपाम/फेनारगन:- ४५ एम्पुल
28/05/2026
सुनको सिक्री लुट्ने लुटेराहरु सिक्री सहित पक्राउ ।
********************************************
मिति २०८३।०२।१३ गते बेलुका कोटेश्वर हुदै बल्खु जादै गरेको बस भित्र नै एक जना युवतीको घाटीमा लगाएको सुनको सिक्री चुडालेर लुटिएको भन्ने सूचना प्राप्त हुन साथ प्रहरी परिसर ललितपुर तथा मातहत प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरी टोलीले ल.पु. सानेपा स्थित रिङरोड सडक खण्डमा उक्त बस रोकी बसमा सवार यात्रीहरुको खानतलासी गर्दा लुटिएको सुनको सिक्री सहित सो कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको ।
साथै निज ब्यक्तिहरुको अभिलेख हेर्दा यो भन्दा अगाडी समेत चोरी मुद्दामा संलग्न रहेको पाईएको ।
पक्राउ पर्ने ब्यक्तिहरुको बिवरण :-
१) सिन्धुपालञ्चोक जिल्ला लिशंखुपाखर गा.पा.वडा नं.७ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.६ बौद्ध बस्ने बर्ष २९ को जनक तामाङ
२) ऐ.ऐ.स्थायी घर भई हाल का.जि.का.म.न.पा.१४ कलंकी बस्ने बर्ष ३० को साईमन भन्ने मन कुमार तामाङ
३) ललितपुर जिल्ला कोन्ञ्जोसोम गा.पा. वडा नं.५ स्थायी घर भई हाल ल.पु.जि.म.न.पा.२८ हरिशिद्धी बस्ने बर्ष २५ को उमेश मुक्तान
४) काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध न.पा. वडा नं.७ स्थायी घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं.३ हरिहरभवन बस्ने बर्ष ३० को अर्जुन तामाङ ।
बरामद दशीको सामान :-
१) १ तोला ९ लालको लुटपाट भएको सुनको सिक्री थान -१
27/05/2026
चोरीको मो.सा. सहित मानिस पक्राउ
*********************
मिति २०८३।०२।१० गते अ.१०:०० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१२ लगनखेल बटुकभैरव मन्दिर अगाडी पार्किङ्ग स्थलबाट हराएको बागमती प्रदेश ०२-०२४ प ९९८८ नम्बर भएको कालो रंगको १२५ सि.सि. सुपर स्प्लेन्डर मोटरसाईकल जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३।०२।१२ गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५ लगनखेल स्थितमा चोरीको मो.सा.सहित एक जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप भई अनुसन्धान भई रहेको ।
निम्न:-
१) जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. १० टाखेल बस्ने वर्ष २३ को सुमन नगरकोटी ।
वरामदी दशीहरु:-
१. सवारी नं.:- बा प्र-०२-०२४ प ९९८८ नम्बर भएको निलो रंग १२५ सि.सि. सुपर स्प्लेन्डर ।
फरार प्रतिवादी पक्राउ
**************
मोटरसाइकल चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ३ वस्ने वर्ष ३० को पुष्प तामाङ लाई २ ( दुई ) महिना कैद र रु.१०,०००।–( दश हजार रुपैयाँ ) जरिवाना । फैसला भए वमोजिम निज प्रतिवादीलाई मिति २०८३।०२।१३ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित अदालतमा पेश गरिएको । अदालतमा पेश गरिएको ।
फरार थुनुवा पक्राउ
*****************
मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनको क्रममा प्रहरी वृत्त सातदोबाटोको थुनुवा कक्षबाट भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागगढी न. पा. वडा नं.८ बस्ने वर्ष २७ को सिमन राईलाई मिति २०८३।०२।१३ गते प्रहरी वृत्त सातदोबाटोबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित अदालतमा पेश गरिएको
कैद तथा जरीवाना भएका ३ जना फरार प्रतिवादीहरु पक्राउ
*****************************************************
मिति २०८३।०२।११ गते बिभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत चापागाँउबाट खटिईएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित अदालतमा पेश गरिएको ।
१) ललितपुर जिल्ला बागमती गाउँ पालिका वडा नं. ०२ बस्ने वर्ष २९को नबिन दाहाललाई १० महिना २८ दिन कैद । रु ,५०००।- ( पाचँ हजार रुपैयाँ ) जरिवाना ( लागु औषध )
२) ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० बस्ने वर्ष २८ को सुदिप परियारलाई २ ( दुई )महिना ८(आठ) दिन कैद रु.८,०००।- (आठ हजार रुपैयाँ ) जरिवाना । ( अभद्र व्यवहार
३) ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० बस्ने वर्ष २१ को सुमन नगरकोटीलाई १२ (बाह्र ) दिन कैद रू,२०००।– ( दुई हजार रुपैयाँ ) जरिवाना ( चोरी कसूर )
25/05/2026
लागु औषध पोल्याण्ड सहित १ जना मानिस पक्राउ ।
********************************************
मिति २०८३।०२।०९ गते जिल्ला प्रहरी परिसर ललितपुर मातहत वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलिले ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं. ०५ लगनखेल चोक स्थित रत्नपार्कको माईक्रोवस लाग्ने स्थानमा शंकास्पद अवस्थामा रहेको व्यक्तिलाई चेकजाँच गर्ने क्रममा अवैध लागू औषध पोल्याण्ड फेला पारी नियन्त्रणमा लिई जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको ।
निम्न:-
नियन्त्रणमा लिएको मानिसको विवरण:-
१) काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्व नगरपालिका वडा नं. ७ दाप्चाकाशिखण्ड घर भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा. वड नं. १२ प्रयागपोखरी बस्ने वर्ष ४० को राज कुमार लामा
बरामद लागु औषध तथा दशी प्रमाणहरु:-
१) अवैध लागूऔषध पोल्याण्ड ३० ग्राम ।
25/05/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Jawalakhel
Lalitpur
