National Human Rights Commission of Nepal - NHRC, Nepal

National Human Rights Commission of Nepal - NHRC, Nepal

Share

Official page of National Human Rights Commission of Nepal. News, releases, Activities, In It was established in 2000 AD.

National Human Rights Commission of Nepal is a Constitutional Body of Nepal, established according to Paris Principles for ensuring Protection, Promotion and Respect of Human Rights in Nepal. It has it's central office in Harihar Bhawan Lalitpur, 5 regional Offices in Dhangadhi, Nepalgunj, Pokhara, Janakpur and BiratNagar, along with 3 sub-regional offices in Jumla, Khotang and Butwal.

27/05/2026

Newsletter
Human Rights Newsletter, 2083 Baisakh Issue
मानव अधिकार पत्र, २०८३ वैशाख अ‍ंक
Download Link:https://nhrcnepal.org/uploads/news_letter/hr_patra_Baisakh_2083_(Nepali)_compressed.pdf

Photos from National Human Rights Commission of Nepal - NHRC, Nepal's post 27/05/2026

Press Note

प्रेस-नोट
१३ जेष्ठ, २०८३

नवयुवा (Gen Z) आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिस नेपाल सरकारलाई

गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा (Gen Z) आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको वैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्बारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन उपर भएको निर्णय/सिफारिसको विस्तृत विवरण यसैसाथ संलग्न गरिएको छ ।

...............
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Download Press Note:https://www.nhrcnepal.org/uploads/press_release/NHRC_Nepal_Press_Note-2083-2-13.pdf
Download Recommendation:https://www.nhrcnepal.org/uploads/decision/%E0%A4%A8%E0%A4%B5%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BE_Gen_Z_%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%B2%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%A8_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%BF%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%B81.pdf

Photos from National Human Rights Commission of Nepal - NHRC, Nepal's post 27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा मिति २०८३ जेठ १३ गते विशेष कार्यक्रम सम्पन्न भएको छ।

का माननीय अध्यक्ष श्री तपबहादुर मगरज्यूको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सव कार्यक्रममा सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा आयोगका माननीय सदस्य डा. लीली थापाज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, गैरसरकारी संस्था महासंघका अध्यक्ष श्री अर्जुन भट्टराईज्यू तथा संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिको कार्यालयको तर्फबाट संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) का डेपुटी आवासीय प्रतिनिधि श्री जुलियन सिल्भारज्यूले मानव अधिकारको संरक्षण तथा संवर्द्धनको अपरिहार्यता र आयोगको भूमिकासम्बन्धी विचार व्यक्त गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो।
वार्षिकोत्सव कार्यक्रममा कानुन, न्याय तथा मानव अधिकार समितिका माननीय सभापतिज्यू, महिला तथा सामाजिक मामिला समितिका सभापतिज्यू, संवैधानिक आयोगहरूका अध्यक्षज्यूहरू, नेपाल सरकारका महान्यायाधिवक्ताज्यू, कानुन, न्याय तथा मानव अधिकार समिति तथा महिला तथा सामाजिक मामिला समितिका सदस्यज्यूहरू, प्रधानसेनापतिज्यू, राष्ट्रिय मानव अधिकार आयोग लगायत संवैधानिक निकायका सदस्यज्यूहरू, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारज्यू, राष्ट्रिय मानव अधिकार आयोगका सचिवज्यू, नेपाल सरकारका सचिवज्यूहरू एवं विशिष्ट श्रेणीका अधिकृतज्यूहरू, प्रहरी महानिरीक्षकज्यू, सशस्त्र प्रहरी महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखज्यू, सुरक्षा निकायका प्रतिनिधिज्यूहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीज्यूहरू, विभिन्न मित्रराष्ट्रका महामहिम राजदूतज्यूहरू, कूटनीतिक नियोगका विशिष्ट प्रतिनिधिज्यूहरू, नेपालस्थित युरोपियन युनियन प्रतिनिधिमण्डलका सम्माननीय प्रतिनिधिज्यूहरू, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखज्यू तथा प्रतिनिधिज्यूहरू, विकास साझेदार संस्थाहरूका प्रमुख तथा प्रतिनिधिज्यूहरू, विश्वविद्यालय तथा विभिन्न शैक्षिक संस्थाका प्राध्यापक एवं प्रतिनिधिज्यूहरू, गैरसरकारी संस्था महासंघका सदस्य तथा प्रतिनिधिज्यूहरू, नेपाल बार एशोसिएशनका अध्यक्षज्यू, नेपाल पत्रकार महासंघका प्रतिनिधिज्यूहरू, विभिन्न मानव अधिकार संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, आदिवासी जनजाति महासंघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील अधिकार रक्षकज्यूहरू, महिला मानव अधिकार रक्षकज्यूहरू, युवा अभियानकर्मीहरू, वकिल तथा पत्रकारज्यूहरू लगायत सम्पूर्ण मानव अधिकार रक्षकज्यूहरू तथा विभिन्न पेशा र क्षेत्रसँग आबद्ध महानुभावज्यूहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा आयोगले सर्वोत्कृष्ट मानव अधिकार सेवा पुरस्कार उपसचिव श्री श्याम बाबु काफ्लेज्यू, उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार मानव अधिकार अधिकृत श्री खिमलाल सुवेदीज्यू तथा मानव अधिकार अधिकृत श्री कल्पना नेपाल आचार्यज्यूलाई प्रदान गरेको थियो। त्यसैगरी, मानव अधिकार सेवा पुरस्कार कार्यालय सहयोगी श्री रोजिना लुइँटेलज्यूलाई प्रदान गरिएको थियो।
आयोगमा २५ वर्षभन्दा बढी सेवा गर्नुभएका कर्मचारीहरू उपसचिव श्री जीवन न्यौपानेज्यू, कार्यालय सहयोगीहरू श्री सूर्यकान्त खतिवडाज्यू, श्री रोजिना लुइँटेलज्यू तथा श्री ज्ञानेन्द्र महर्जनज्यूलाई सम्मान गरिएको थियो। त्यसैगरी, १५ वर्षभन्दा बढी सेवा गर्नुभएका कर्मचारीहरू सुरक्षा गार्ड श्री हरिप्रसाद लामिछानेज्यू, सवारी चालकहरू श्री संग्रामजित लामाज्यू, श्री कुमार तामाङज्यू, श्री भीमबहादुर लामाज्यू, श्री बालमुकुन्द कार्कीज्यू तथा श्री राजकुमार घिमिरेज्यू, साथै कार्यालय सहयोगीहरू श्री सरोज कार्कीज्यू, श्री लालबहादुर लामाज्यू, श्री अजिता ढकालज्यू, श्री विनिता के.सी.ज्यू तथा श्री राजन सापकोटाज्यूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।
Remarks Delivered by Hon. Dr. Lily Thapa:https://nhrcnepal.org/uploads/activity/Welcome_Speech_2083_By_lily_thapa.pdf
Remarks delivered by Hon. Top Bahadur Magar:https://nhrcnepal.org/uploads/activity/Speech_of_Hon_Chiarperson_2083-2-13.pdf

PC: Umesh Ranamagar/NHRCNepal

27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सव कार्यक्रमको प्रत्यक्ष प्रसारण ।

26/05/2026
Photos from National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi's post 22/05/2026
Photos from National Human Rights Commission of Nepal, Karnali Province, NHRC Surkhet's post 20/05/2026
Photos from National Human Rights Commission of Nepal - NHRC, Nepal's post 19/05/2026

राष्ट्रिय मानव अधिकार आयोग समन्वय विभागले मिति २०८३/०२/०५ गतेका दिन Knowledge Sharing कार्यक्रम अन्तर्गत मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका माननीय सदस्य मनोज दुवाडीज्यूको समुपस्थितिमा, आयोगका सबै कार्यालयका (केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा) कर्मचारीहरु तथा अन्य संवैधानिक आयोगका कर्मचारीहरु सहितको सहभागिता रहेको थियो । मानव अधिकार अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने कार्यक्रमको उदेश्य रहेको सहसचिव सम्झना शर्माले बताउनुु भएको थियो । कार्यक्रममा विज्ञ डा. नीति अर्याल खनालले सहजिकरण गर्नुभएको थियो । उपसचिव सोमनाथ सुवेदीले सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो भने मानव अधिकार अधिकृत मनमाया रानामगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Photos from National Human Rights Commission of Nepal - NHRC, Nepal's post 12/05/2026

मिति २०८३ वैशाख २४ गते राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा जन प्रशासन क्याम्पस अन्तर्गत BPA 412 Administrative Law विषय अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार संरक्षण तथा प्रवर्द्धनमा आयोगको भूमिका, संवैधानिक व्यवस्था, तथा मानव अधिकारसम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गरिएको थियो । विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान अभिवृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम फलदायी तथा उपलब्धिमूलक रहेको थियो। कार्यक्रमको संयोजन जनप्रशासन क्याम्पसले गरेको थियो ।

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Harihar Bhawan, Pulchowk
Lalitpur
00977