Upendra Yadav - सचिवालय

Upendra Yadav - सचिवालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Upendra Yadav - सचिवालय, Political Party, balkumari, Lalitpur.

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री माननीय उपेन्द्र यादवज्यूको फेसबुक सचिवालय पेज ।
www.tiktok.com/@upendrayadavnp

This is the official secretariat page of the Chairman of the Janata Samajwadi Party Nepal Hon' Upendra Yadav.

05/06/2026

विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
.....
आज चुरे क्षेत्रको तीव्र विनाशले मधेश क्रमशः मरुभूमिकरणतर्फ धकेलिँदै गएको छ। वन फँडानी, ढुंगागिट्टी, बालुवाको अवैध दोहन र वातावरणीय असन्तुलनका कारण पानीका मुहान सुक्ने, खेतीयोग्य जमिन कमजोर बन्ने तथा प्राकृतिक विपद् बढ्ने खतरा गम्भीर बन्दै गएको छ।

जलवायु परिवर्तन, वन विनाश र प्रदूषणका कारण मानव जीवन तथा प्रकृतिमाथि गम्भीर संकट बढ्दो छ। नेपालले पनि हिमाल पग्लिने, पानीका स्रोत सुक्ने र प्राकृतिक विपद्का असर भोगिरहेको छ।

वातावरणको संरक्षण हाम्रो अस्तित्व र भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय जिम्मेवारी हो। वृक्षारोपण, सरसफाइ र प्राकृतिक स्रोत संरक्षणमार्फत स्वच्छ वातावरण र सुरक्षित भविष्य निर्माणमा सबै मिलेर अघि बढौं।
....
उपेन्द्र यादव
अध्यक्ष, जसपा नेपाल

Facebook Gen Z

पूर्वमन्त्री यादव भन्छन् : ‘राजविराज विटौरी जग्गा समाधान अविलम्ब गरियोस्’ 04/06/2026

पूर्वमन्त्री यादव भन्छन् : ‘राजविराज विटौरी जग्गा समाधान अविलम्ब गरियोस्’ जसपा नेपालका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादव । फोटो : न्यूज टुडे न्यूज टुडे राजविराज,२१ जेठ । जनता समाजवादी...

प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेज तथ्य र प्रमाणका आधार बोल्नुपर्छ: Upendra Yadav || Sabdartha 03/06/2026

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवज्यूको ताजा एवं समसामयिक अन्तर्वार्ता

Facebook Gen Z

प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेज तथ्य र प्रमाणका आधार बोल्नुपर्छ: Upendra Yadav || Sabdartha Like, Share, Comment, Subscribe and Press the Bell icon to get all ...

डा. सुरेन्द्र झालाई ३ प्रश्न 31/05/2026

डा. सुरेन्द्र झालाई ३ प्रश्न मधेशकेन्द्रित दल इतिहासकै कमजोर स्थितिमा कसरी पुगे ?  विशेष परिस्थितिमा ०८४ मा हुनुपर्ने निर्वाचन २१ फागुनमै

29/05/2026
29/05/2026

गणतन्त्र दिवसको शुभकामना सन्देश
........
ऐतिहासिक जनआन्दोलन र मधेस जनविद्रोहको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

गणतन्त्र- शासन व्यवस्था फेरिने विषय त हो नै, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू तथा उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउने राजनीतिक अवसर र उपलब्धि पनि हो। यस ऐतिहासिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

संविधानको मर्मअनुसार प्रदेशलाई अधिकारसम्पन्न र राज्यको सबै संरचनामा समानुपातिक समावेशीकरण सुनिश्चित नगरिएसम्म गणतन्त्र पूर्ण हुँदैन। वास्तविक सङ्घीयता, पहिचान, सुशासन र अधिकारको सुनिश्चितताका लागि उत्पीडित समुदाय र परिवर्तनकारी शक्तिहरू अझै दृढतापूर्वक एकजुट हुन आवश्यक छ।
.......
उपेन्द्र यादव
अध्यक्ष- जनता समाजवादी पार्टी, नेपाल

Facebook Gen Z

Want your business to be the top-listed Government Service in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Balkumari
Lalitpur