04/05/2026
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा आ.व. २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठी मिति २०८३/०१/१७ गते खुमलटार, ललितपुरमा सफलतापूर्ण सम्पन्न भयो। कार्यक्रममा विभिन्न निकाय, शाखा तथा कार्यक्रम कार्यान्वयन इकाइहरूबाट सहभागिता जनाइएको थियो। गोष्ठीको क्रममा समितिको निती, योजना तथा अनुगमन शाखा , नेपाली सेना वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र कार्यक्रम कार्यान्वयन इकाईहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हासिल भएका प्रगति, कार्यान्वयनका अनुभव, उपलब्धि तथा देखिएका चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। साथै, योजनाहरूको प्रभावकारिता, कार्यसम्पादनमा देखिएका समस्या र तिनका सम्भावित समाधानका उपायहरूबारे समेत विश्लेषणात्मक छलफल गरिएको थियो। उक्त कार्यक्रममा IOE को टोलीबाट "River System Review" मा प्रस्तुतीकरण समेत गरिएको थियो।
सम्पूर्ण सहभागी तथा कर्मचारी मित्रहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद।
07/04/2026
On 2082/12/22, we had the honor of organizing a heartfelt farewell program to express our sincere gratitude and appreciation to the respected Chairman Dr. Kiran Poudel and esteemed Members Mrs. Kamala Oli Shiwakoti and Dr. Susmita Dhakal of the Board upon the successful completion of their five-year tenure.
Their leadership, dedication, and unwavering commitment have played a pivotal role in guiding the organization toward growth, stability, and meaningful achievements. Throughout their tenure, they demonstrated exceptional vision, integrity, and a strong sense of responsibility, leaving behind a legacy that will continue to inspire us in the years ahead.
The farewell program was a moment of reflection and appreciation, where we acknowledged their invaluable contributions and extended our best wishes for their future endeavors. While we bid them farewell from their official roles, their impact and guidance will remain deeply rooted within the organization.
We extend our heartfelt thanks for their remarkable service and wish them continued success, good health, and fulfillment in all their future pursuits.
25/03/2026
आ. व २०८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठीका केही झलकहरु
06/02/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना !!
यस राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा कार्यरत भू संरक्षण अधिकृत श्री सुष्मा गिरी खड्काका आदरणीय ससुरा बुवा श्री तारा बहादुर खड्काको मिति २०८२-१०-२० गते ७२ वर्षको उमेरमा भएको असामयीक निधनबाट यो समिति मर्माहत भएको छ । वहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । यस दुखद घडीमा शोक सन्तप्त सकल परिवारजनप्रति गहिरो हार्दिक समवेदना व्यक्त गर्दछौ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति,
परिवार
05/02/2026
“चुरे भावर क्षेत्रका ताल तलैयाको अवस्था र बहुप्रयोजनको संभाव्यता” विषयक अध्ययनका लागि मिति २०८२ माघ १५ गते राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति र केन्द्रीय वनस्पती विभाग, त्रिभुवन विश्वविद्यालय वीच सम्झौता भएको छ ।
सम्झौतामा समितिको तर्फबाट सदस्य सचिव श्री गणेश पौडेल र कन्द्रीय वनस्पती विभागको तर्फबाट निमित्त विभागिय प्रमुख प्रा.डा. सुरेशकुमार घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।
यस अध्ययनले सिराहा र सप्तरी जिल्लाका चुरे भावर क्षेत्रमा अवस्थित १० वटा पोखरीहरुको बर्तमान अवस्था, सिमसारहरुको बहुप्रयोगको संभाव्यता, ती सिमसारहरुका संभाव्य चुनौती, खतरा, र अवसरहरुको बारेमा विस्तृत अनुसन्धान गरी नतिजाहरु प्रकाशन गर्नेछ ।
The President Chure Terai–Madhesh Conservation Development Board (PCTMCDB) and the Central Department of Botany, Tribhuvan University (CDB/TU), agreed to conduct a study titled “Assessment of the Current Status and Feasibility Study of Multipurpose Use of Wetlands in the Chure–Bhabar Region” on 29 January 2025.
The agreement was signed by Mr. Ganesh Paudel, Member Secretary of PCTMCDB, and Professor Dr. Suresh Kumar Ghimire, Acting Head of the Central Department of Botany, Tribhuvan University.
The study aims to examine the current status and existing uses of wetlands, assess their potential for multipurpose utilization, and identify key threats, challenges, and opportunities. The assessment will focus on ten selected wetlands located in the Chure–Bhabar region of Siraha and Saptari districts.
05/02/2026
Mr. Ganesh Poudel, Member Secretary, President Chure–Terai Madhesh Conservation Development Board, and Professor Dr. Umesh Kumar Mandal, Head of the Central Department of Geography, Tribhuvan University, signed an agreement on 29 January 2026 to conduct a research study titled “Baseline Data Collection for Spatial–Temporal Measurement of Rivers Using Drone (UAV)”.
The study focuses on examining changes in river morphology caused by siltation triggered by monsoon floods, as well as assessing changes in riverbed conditions between pre- and post-harvesting of riverbed materials using Unmanned Aerial Vehicle (UAV) technology. The research will cover the Jalad and Aurahi Rivers in Dhanusha District of Madhesh Province, Nepal.
25/07/2025
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, खुमलटार, ललितपुरद्वारा मिति २०८२ श्रावण ८ र ९ गते कलमसी नगरकोट, भक्तपुरमा माननीय वन तथा वातावारण मन्त्री श्री ऐनबहादुर शाही ठकुरी ज्यूको प्रमुख आतिथ्यता तथा वन तथा वातावारण मन्कात्रालयका श्रीमान सचिव डा. राजेन्द्र प्रसाद मिश्र ज्यूको विशेष आतिथ्यतामा यस समिति र अन्तर्गतका निकायहरुको आ.व. २०८१/८२ मा सम्पादित कार्यहरुको वार्षिक प्रगति समिक्षा गोष्ठि सुसम्पन्न गरियो ।
25/07/2025
सुदूरपश्चिम प्रदेश समन्वय स्तरीय श्रोत परिचालन र प्रदेश समन्वय समितिको पहिलो संयुक्त बैठक सुदूरपश्चिम प्रदेश समन्वय स्तरीय श्रोत परिचालन समितिका संयोजक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा वन तथा वातावरण मन्त्री माननीय कमल बहादुर शाह ज्यूको अध्यक्षतामा, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष श्री किरण पौड्यालज्यूको विषेश आतिथ्यतामा र श्रोत परिचालन समन्वय समितिका सह-संयोजक र प्रदेश समन्वय समितिको संयोजक श्री कमला ओलि शिवाकोटीज्यूको आतिथ्यतामा आतिथ्यतामा सम्पन्न भयो ।
मिति : २०८२ असार ३० गते
स्थान : होटेल फ्लोरा हस्पिटालिटी, धनगडी
25/07/2025
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई बुतवलको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय स्रोत परिचालन र प्रदेश समन्वय समितिको दोश्रो संयुक्त बैठक लुम्विनी प्रदेश स्तरीय स्रोत परिचालन समितिका संयोजक लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय श्री देब करण प्रसाद कलवार ज्यु, अध्यक्षतामा र प्रदेश समन्वय समितिका संयोजक सदस्य श्री कमला भोली शिवाकोटीको अतिथि चुरे वोर्डका अध्यक्ष डा. श्री किरण पौड्यालको विषेश आतिथ्यतामा सम्पन्न भयो ।
मिति :२०८२ असार २८ गते
स्थान : बुद्धमाया होटेल प्यालेस, पर्सा , लुम्विनी
17/07/2025
मधेश प्रदेश स्तरीय स्रोत परिचालन र प्रदेश समन्वय समितिको प्रथम संयुक्त बैठक
राष्ट्रपति चुरे‐तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, जनकपुरको आयोजनामा मधेश प्रदेश स्तरीय स्रोत परिचालन र प्रदेश समन्वय समितिको प्रथम संयुक्त बैठक मधेश प्रदेश स्तरीय स्रोत परिचालन समितिका संयोजक मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री, माननीय संजय कुमार यादवको अध्यक्षता, मधेश प्रदेशका मुख्यमन्त्री, माननीय सतिश कुमार सिंहको प्रमुख आतिथ्यता र राष्ट्रपति चुरे‐तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलको विषेश आतिथ्यतामा मिति २०८२ असार २६ गते लालगढ, धुनषामा सम्पन्न गरियो । Kiran PaudyalSharad PageniBinayak ManandharSushma Giri KhadkaGanesh Paudel@susmitadhakal1