18/06/2026
चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
=================
Welcome to the Official page of District Police Office, Kaski. For emergencies, dial 100.
18/06/2026
चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
=================
18/06/2026
४ जना फरार प्रतिवादीहरु पक्राउ
===================
18/06/2026
जुवातास खेल्ने खेलाउने ९ जना पक्राउ
=====================
18/06/2026
नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
===================
मिति २०८३।०३।०४ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम, सामुदायीक सेवा केन्द्र बैदाम र नुवारथोक टोल विकास संस्थाको सहकार्यमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ पुष्पलाल पार्कमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीज्यूको प्रमुख उपस्थिति तथा वडा प्रहरी कार्यालय बैदामका प्र.ना.उ. नमराज भट्टराई, विभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवीहरुको उपस्थितिमा शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, तथा अपराध नियन्त्रणको विषयमा नागरिक सुनुवाई कार्यक्रम गरिएको । कार्यक्रममा उठेका जिज्ञासाहरुको प्रहरी उपरीक्षकज्यूले सम्बोधन गर्नु भएको ।
17/06/2026
17/06/2026
हराएको स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाइएको
=================================
मिति २०८३।०२।२१ गते अं.०३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०९ पेट्रोल पम्प स्थित पार्किङ गरी राखेको ग ९ प ५४४६ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ यस कार्यालय तथा मातहत समेतबाट खोजतलास गर्दा मिति २०८३।०३।०२ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ माछापोखरी स्थित फेला पारी यस कार्यालयमा ल्याएकोमा उक्त स्कुटर सम्बन्धित धनीलाई बुझाइएको ।
17/06/2026
फेरी भेटौला कार्यक्रम सम्पन्न
==================
तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८३।०२।२७ गतेको पत्रले यस जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक गणेश पाण्डेको इलाका प्रहरी कार्यालय चक्रघट्टी, सर्लाही र प्रहरी निरीक्षक रेशमलाल पौडेलको इलाका प्रहरी कार्यालय बेल्टारी, पश्चिम नवलपरासी सरुवा हुनु भएको हुँदा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीज्यूको प्रमुख उपस्थितिमा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको ।
यस कार्यालय तथा मातहत कार्यालय समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा सरुवा भई जान लाग्नु भएका प्रहरी प्रहरी निरिक्षकहरूलाई फुलमाला, मायाको चिनो उपहार सहित सफल कार्यकालको शुभकामना दिँदै फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको ।
17/06/2026
सुरक्षा, सहायता तथा प्रहरी सेवाका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्नुहोस् :-
...................................................................................................................................
For Security, Assistance, and Police Services, Please Contact the Following Numbers :-
17/06/2026
साईबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
=============================
मिति २०८३।०३।०३ गते वडा प्रहरी कार्यालय बगर र सामुदायीक प्रहरी सेवा केन्द्र हेम्जाको संयुक्त आयोजनामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित गौरीशंकर बहुमुखी क्याम्सपका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, सामुदायिक सेवा केन्द्रका सदस्य, शिक्षक तथा व्यबस्थापन समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले सईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानूनी व्यवस्थाको बिषयमा सचेतना मुलक प्रशिक्षण प्रदान गर्नु भएको ।
17/06/2026
सूचना ! सूचना !! सूचना !!!
=================
नेपाल प्रहरीप्रतिको सार्वजनिक धारणा सम्बन्धी सर्वेक्षण गर्ने कार्यको लागि ५ जना मुख्यतर्फ र १ जना बैकल्पिक गणक आवश्यकता परेको हुँदा योग्यता पुगेका व्यक्तिहरुले मिति २०८३।०३।०३ गते कार्यालय समय भित्र तोकिएको ढाँचा वमोजिम निवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको छ ।
नोटः ढाँचा र आवश्यक योग्यता यसैसाथ संलग्न छ ।