06/06/2026
एनआरएनए कतारमा एकता पछि आर्थिक पारदर्शिताबारे छानबिन, सागर नेपाललाई अध्ययन जिम्मेवारी
एनआरएनए कतारमा एकता पछि आर्थिक पारदर्शिताबारे छानबिन, सागर नेपाललाई अध्ययन जिम्मेवारी | Nawalpur Today
पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।
06/06/2026
एनआरएनए कतारमा एकता पछि आर्थिक पारदर्शिताबारे छानबिन, सागर नेपाललाई अध्ययन जिम्मेवारी
एनआरएनए कतारमा एकता पछि आर्थिक पारदर्शिताबारे छानबिन, सागर नेपाललाई अध्ययन जिम्मेवारी
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा लामो समयदेखि जारी विवाद समाधान भई हा...
26/05/2026
शनिबारदेखि ३ दिनसम्म पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा नेपालको केन्द्रीय समन्वय समितिको बैठकले गरेको निर्णय र निष्कर्षसहितको प्रेस विज्ञप्ति । ☂️☂️
@top fansFacebookGen ZUpendra Yadav
26/05/2026
जसपा, नेपाललाई केवल क्षेत्रीय वा मधेश केन्द्रित पार्टीको रूपमा होइन, "सामाजिक लोकतन्त्र सहितको सामाजिक न्याय र समृद्ध अर्थतन्त्र" को स्पष्ट वैचारिक धार बोकेको राष्ट्रिय राजनीतिक शक्तिको रूपमा स्थापित गर्न आवश्यक छ।
आजको युगमा संगठन केवल भाषणले होइन, प्रविधि, पारदर्शिता, योग्यता आधारित अवसर (Meritocracy), डिजिटल व्यवस्थापन र युवाको निर्णायक सहभागिताले बलियो बन्छ।
व्यक्तिगत महत्वाकांक्षाभन्दा संगठनको लक्ष्य ठूलो हुनुपर्छ। योग्यताको सम्मान, प्रविधिको उपयोग, AI Integrated Digital Organization र युवा नेतृत्वमैत्री संरचनाबाट मात्र नयाँ युगको जसपा निर्माण सम्भव छ।
समयमै रूपान्तरण भए सफलता सुनिश्चित छ, अन्यथा परिवर्तनको अवसर गुम्दै जानेछ।
नयाँ सोच। नयाँ रूप। नयाँ जसपा।
16/05/2026
🔥 आगलागी पीडित ३ दलित परिवारलाई सिरहा सेवा समाज कतारद्वारा राहत वितरण 🙏
“सभ्य र समृद्ध समाजको स्थापना” भन्ने उद्देश्यसहित सिरहा सेवा समाज कतारले सिरहाको सुखीपुर नगरपालिका–१० लालसेया गाउँमा आगलागीबाट प्रभावित तीन दलित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।
हालै भएको आगलागीबाट गुलाम सदा, राजाराम सदा र श्रीराम सदाको घर पूर्ण रूपमा जलेर नष्ट भएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो तथा विशिष्ट अतिथिका रूपमा सुखीपुर नगरपालिका वडा नं.–१० का वडा अध्यक्ष देव नारायण यादवको उपस्थिति रहेको थियो। उहाँहरूको रोहवरमा पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको संयोजन सिरहा सेवा समाज कतारका प्रेस संयोजक शियाराम यादवले गर्नुभएको थियो। कार्यक्रममा समाज सेवि बिरेन्द्र प्रसाद महतो लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राहत सामग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, लसुन, साबुन, सोयाबिन, भुजा, खाने तेल, लगाउने तेल लगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न खाद्यान्न तथा घरायसी सामग्री वितरण गरिएको थियो।
सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादवले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु समाजको दायित्व भएको बताउँदै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
राहत प्राप्त गर्ने परिवारहरूले कठिन परिस्थितिमा सहयोग गरेको भन्दै सिरहा सेवा समाज कतारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। 🙏
जय प्रकाश यादव
अध्यक्ष
सिरहा सेवा समाज कतार सम्पुर्ण परिवार