International Nepali Literary Society (INLS), Colorado Chapter

International Nepali Literary Society (INLS), Colorado Chapter

Share

भाषा चाहिन्छ आफ्नो भेष चाहिन्छ शीर उठाइ बाँच्न आफ्नो देश चाहिन्छ

International Nepali Literary Society (INLS), Colorado Chapter is Colorado-based non-government organization affiliated with International Nepali Literary Society. It organizes various literary and cultural activities in Nepalese community of Colorado to promote Nepalese language, literature and culture.

06/05/2026

जिन्दगीमा कहिलेकाहीँ यस्ता जिम्मेवारीहरू आइपुग्दा रहेछन्, जसबारे धेरै सोच्न, विचार गर्न र निर्णय लिनुपर्ने हुन्छ। लिने कि नलिने भन्ने दोधारका बीच मैले यो जिम्मेवारी स्वीकार गर्ने महसुस गरेँ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि केही गर्ने अवसर प्राप्त भएको ठानी, नेपाली हुनुको गर्वलाई अझ उचो बनाउने उद्देश्यसहित नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन, कोलोराडोको कार्यक्रम संयोजकको जिम्मेवारी वहन गर्न तयार भएँ।

यो सम्मेलनलाई सफल बनाउने दृढ संकल्पका साथ अघि बढ्दा मलाई निरन्तर प्रेरणा, मार्गदर्शन र अभिभावकत्व प्रदान गर्नुहुने अनेसास बिओटी सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला तथा केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

त्यसैगरी मेरा नौ सारथीहरू— तारा अधिकारी, दीर्घराज उपाध्याय, अर्जुन कार्की, चन्द्र गुरुङ, प्रकाश पौडेल, विजयदेव अधिकारी, परिवेश शर्मा, रैवत राज पौडेल तथा सुशील दाहाल—प्रति विशेष आभार व्यक्त गर्दछु। यहाँहरूको निरन्तर साथ, सहयोग र समर्पणले नै यो यात्रालाई सफल बनाएको हो। आदरणीय नारायण श्रेष्ठ दाई , रमेश दाई सहित सम्पूर्ण चन्दादाता प्रति हृदयत धन्यबाद दिन चाहान्छु ।
यस कार्यकम का प्रमुख अतिथि आदरणीय डा नवराज लम्साल , आदरणीय डा निलम कार्कि निहारिका साथै अनेसास का पिता आदरणीय होमनाथ सुबेदि तथा पुर्व अध्यक्ष ज्युहरु साथै कार्यसमितिका सदस्य ज्युहरु , बिओटिका पुर्व अध्यक्ष एवं टिमका सदस्य ज्युहरु हार्दिक सम्मान ब्यक्त गर्दछु । अनेसास कोलोराडो शाखाका पुर्व अध्यक्ष , सल्लाहकार एवं साथिहरु प्रति सम्मान छ ।
कोलोराडोवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ रहेका सम्पूर्ण नेपाली संघसंस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, विभिन्न समितिका सदस्यहरू, बिओटीका पूर्व अध्यक्ष तथा सदस्यहरू, नेजाका अध्यक्ष सुरज भण्डारी नेपाल पत्रकार महासंघ का निवर्तमान अध्यक्ष बिपुल पोख्रेल साथै वरिष्ठ पत्रकारहरू सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत लगायत सम्पूर्ण पत्रकार मित्रहरू तथा विश्वभरका अनेसास च्याप्टरका अध्यक्ष एवं टोलीका साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

नेपाल, सिलिगुडी, जापान, बेल्जियम तथा अन्य विभिन्न स्थानबाट यहाँसम्म आइपुगेर सम्मेलनको गरिमा बढाइदिनुहुने सम्पूर्ण महानुभावहरूप्रति विशेष सम्मान व्यक्त गर्दछ साथै कार्यक्रममा सहयोग गर्ने प्रिय बिष्णु अधिकारी, राजन सापकोटा सापकोटा
च्यानल , फोटो भरत श्रेष्ठ , भिडियो साकार थापा साथै डेकोरेसन वेलकम ईभेन्ट लाई पनि धन्यवाद दिन चाहान्छु ।

यहाँहरूले मप्रति राख्नुभएको विश्वास र अपेक्षा पूरा गर्न सकेँ कि सकिनँ भन्ने मूल्याङ्कन यहाँहरूकै हुनेछ। कृपया आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया सन्देश वा फोनमार्फत दिनुहुन अनुरोध गर्दछु। यसले मलाई अझ जिम्मेवार र परिपक्व बन्न मद्दत गर्नेछ।

यहाँहरूको उपस्थितिले कोलोराडोलाई अझ पावन, गौरवान्वित र साहित्यिक ऊर्जा सम्पन्न बनाएको छ। सम्पूर्ण महानुभावहरूप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।

धन्यवाद! नमस्कार!!

🙏 किरण अधिकारी
संयोजक
नवौँ अन्तर्राष्ट्रिय साहित्यकार सम्मेलन डेनभर कोलोराडो

अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न 05/29/2026

नवौँ सम्मेलनमा ‘नौ’ का नौला संयोगहरू

अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न अमेरिका । डेन्भर कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएक...

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न, ५ देशका ९ साहित्यकारलाई सम्मान 05/26/2026

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न, ५ देशका ९ साहित्यकारलाई सम्मान अमेरिका । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्...

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न 05/26/2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न ० अक्षरपाटी प्रतिनिधि

कोलोराडो घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न 05/26/2026

कोलोराडो घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न डेनभर । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य .....

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न 05/26/2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेल....

Want your business to be the top-listed Government Service in Denver?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Denver, CO

Opening Hours

Monday 8am - 5pm
Tuesday 8am - 5pm
Wednesday 8am - 5pm
Thursday 8am - 5pm
Friday 8am - 5pm
Saturday 9am - 5pm
Sunday 8am - 5pm