12/30/2022
पहाडी देश र जीडिपी।
भनिन्छ, बिकट भौगोलिक अवस्था पनि आर्थिक बिकाशका अबरोधकहरु मध्ये एक हो। ७,००० फीट भन्दा बढी औसत ऊचाईका पहाड भएका र क्षेत्रफ़लमा पनि सबै भन्दा बढी पहाडी भूभाग रहेका विश्वका बिकट पांच मुलुक मध्ये नेपालको जीडिपी सन् १९९६ र २०२० बिच धेरै नै (७.६ गुणाले) बृद्दी भएको छ। धन्य एनआरएनहरु, यो बृद्दीको ठुलो श्रेय रेमिट्यान्स लाई जान्छ। पहाडी भुभागमा कृषिउत्पादन, पर्यटन प्रवर्धन र हाइड्रोपावरको समुचित बिकाश गर्नेहो भने पहाड रुपी यो भौगोलिक स्वरुप वास्तवमा बिकाशको बाधक होइन, सारथी बन्छ। जलबायु परिवर्तन लाई व्यवस्थित गर्ने मात्र हो भने पनि बिश्वका दुई बिलियन मानिसलाई पानी ख्वाउने यो हिमालय श्रोत भएको देश “नेपाल” छिट्टै एक महत्वपुर्ण संजिबनीको देश बन्ने पक्का छ। आज बिकशित देशले मापन गर्ने प्रगति भोलि अलग किसिमले नापिनेछ र गर्विलो पाराले नेपाल धेरै अगाडी आउनेछ। भोलिको लागि पहाडका प्राकृतिक तथा बातावरणिय सम्पदाको संरक्षण हुनेगरि सफा ऊर्जा ऊत्पादन, कृषि ऊत्पादन तथा पर्यटन प्रवर्धनमा जोड दिऊं।
(१९९६-२०२० जीडिपी ग्राफका लागि डेटा श्रोतः बिश्व बैंक)
12/28/2022
Technology rules the mankind. Developed nations have a different set of priorities. As compared to 1950s, Energy Highways being planned and built today are facing significant social and administrative challenges. The common purpose is to serve the digitally advanced communities with a high expectation of sustainable, reliable and resilient power. Technology has made it all possible!
11/08/2022
Election Day in America- Go Vote.
Democracy Matters!
02/27/2022
भ्रमको चिरफार - एमसीसीको निकास ।
एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदित भई कार्यान्वयनार्थ अगाडी बढेकोमा सबै नेपालीलाई बधाई छ। दुर्त गतिमा प्रोजेक्ट सुरुवात भई समयमै सम्पन्न होस। यस बिषयलाई प्रमुख एजेन्डा बनाई प्राय सबै राजनैतिक पार्टीसंग सहमति जुटाऊन सफल प्रधानमन्त्री शेर बहादुर देउवा लगायत अन्य नेताहरु धन्यवादका पात्र हुनुहुन्छ। जुन भ्रममा एमसीसी अल्झ्यो, यस्तो भविष्यमा नहोस भन्नाका लागि यसबाट शिक्षालिई सहि सुचना दिनुपर्ने नेतृत्वको बिकास, राजनैतिक अनुशासन, बिज्ञको सम्मान र जनशिक्षाको आवश्यकता सबैले महसुस गर्नैपर्छ। देशको आन्तरिक तथा बाह्य श्रोतको सहकार्यमा पुंजी, प्रविघि, श्रम र बजार ब्यवस्थाको समायोजन गरेमात्र देश बिकाश सम्भव छ र खुशीको कुरा नेपाल यसैमा अग्रसर छ।
सुर्य लम्साल